हङकङमा आर्यनको ‘च च हुई’
काठमाडौं – ‘लेटर’ मार्फत निर्देशमा होमिएका साम्तेन भुटियाको निर्देशन रहेको फिल्म ‘च च हुई’को छायाँकन अहिले हङकङमा भइरहेको छ । एक साताको सेड्युल लिएर गतशुक्रबार त्यसतर्फ हिडेको टोलीले अहिले त्यहाँको छायाँकन पुरा गर्ने तरखरमा छ ।
तान्द्रो ,अनागत, सुस्केरा र साढे सात निर्देशन गरिसकेका साम्तेनले यो पटक कमर्सियल फिल्म निर्देशन गर्न थालेका हुन् । उस्तै प्रकृतिको धेरै फिलम निर्देशन गरेको आरोप लागेका उनले यसपटक भिन्न किसिमकै फिल्म निर्देशन गरिरहेका छन् ।
हङकङको नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका रमणीय स्थानमा फिल्मको छायाँकन भइरहेको फिल्ममा अभिनेता आर्यन सिग्देल, माओत्से गुरुङ र भोला राज सापकोटा लगायतका कलाकारको अभिनय क्यामरामा कैद गर्ने काम भइरहेको छ ।
पुस्कर गुरुङ, मिरुना मगर, बबिता मल्ल लगायतको समेत अभिनय रहने फिल्मको अब नेपाल फर्किएर गीतको छायाँकन गर्ने निर्माता अमृत घोले लामाले बताए ।
एजीएल इन्टरटेनमेन्टको ब्यानरमा कमेडी जनरको बिषयमा निर्माण भइरहेको फिल्ममा राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु