बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी र वकिलहरुको सम्मेलन जनकपुरमा

शुक्रबार, १० जेठ २०७६, ११ : २६
शुक्रबार, १० जेठ २०७६

जनकपुर--सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार भन्ने मूल नारा साथ प्रहरी तथा सरकारी वकिलको दोश्रो प्रादेशिक सम्मेलन आजदेखि सुरु भएको छ ।

प्रदेश नम्बर १ र प्रदेश २ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको  याे सम्मेलन  जनकपुरमा दुई दिनसम्म चल्नेछ ।

 सम्मेलनलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मौलिक अधिकारको रुपमा रहेको मानव अधिकार पिडितहरुकै लागि व्यवस्था गरिएकोले यसलाई अमानवीय अधिकारको रुपमा नबुझिदिनका लागि आग्रह गरेका छन् ।
उनले निर्दोष नफसुन् भन्ने मनसायले मानव अधिकारको व्यवस्था गरिकाले यसलाई ख्याल गर्दै प्रहरीले कानुनले दिएको अधिकार बमोजिम काम गर्ने बताए । 

यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले  कारागार नहुँदा महोत्तरी कारागार लैजानस परेको र थुनुवा तथा अभियुक्तहरुले भरी भराउ रहेकाले जलेश्वरको कारागारको अवस्था  पनि दयनीय रहेको बताए । 
उनले कारागारमा सुत्नका लागि आलोपालो जस्ता बाध्यतामक व्यवस्था अपनाउनु पर्दा समस्या भएको बताए । 

महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सन्जिवराज रेग्मीको अध्यक्षतामा भएको यस उद्धघाटन कार्यक्रममा प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पाल, प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव अरुण झा, अपराध अनुसन्धान बिभागका प्रहरी नायब महानिरीक्षक सुर्य प्रसाद उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप