बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वाइडबडीबारे वसन्तपुरमा सार्वजनिक सुनुवाइ हुँदै

शुक्रबार, १० जेठ २०७६, ०९ : २८
शुक्रबार, १० जेठ २०७६

‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते  स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । 

नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको बिहीबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियानकर्मी डा सुरेन्द्र भण्डारीले बताए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक र विषयका विज्ञको सहभागिता हुनेछ । संयोजक सुकदेव भट्टराईले वाइडबडी भ्रष्टाचारबारे संसदीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताउँदै भ्रष्टाचारले मुलुकलाई विकास र समृद्धि हुनबाट बाधा पु¥याउने खतरा औँल्याए ।  

अभियानका  सदस्य डा ठाकुरमोहन श्रेष्ठले वाइडबडी भ्रष्टाचार काण्डमा आफूहरुले सत्यतथ्य बाहिर ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै विशेषज्ञहरुको सहयोगबाट प्रतिवेदन सार्वजनिक गरिने बताए ।  

नेपालका लागि नेपाली अभियानका बालकृष्ण न्यौपानेले उक्त प्रकरणबारे जनतालाई सत्यतथ्य कुरा पत्ता लगाई थाहा दिलाउने विश्वास व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप