शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा उपचार गर्न सिंगापुर प्रस्थान, निधि कार्यवाहक सभापति

बिहीबार, ०९ जेठ २०७६, २२ : ३७
बिहीबार, ०९ जेठ २०७६

काठमाडौं–नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । 

    सभापति देउवा विदेश प्रस्थान गरेकाले निधिलाई कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा ९१३०को व्यवस्थाअनुसार निधिलाई कार्यवाहक सभापति तोकिएको हो । सभापति देउवा उपचारका लागि बुधबार सिङ्गापुर प्रस्थान गरेका छन् । उनी आगामी सोमबार स्वदेश फर्किनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप