शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरिता हत्या प्रकरणमा श्रीमानसहित परिवारका ५ जना गए जेल

बिहीबार, ०९ जेठ २०७६, २१ : ५२
बिहीबार, ०९ जेठ २०७६

काभ्रे–मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा संलग्न भएको अभियोगमा जिल्ला अदालत धुलिखेलले पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

    जिल्ला न्यायाधीश दुर्गा खड्काको एकल इजलासले सरिताका श्रीमान् सुदीप, ससुरा पीताम्बर, सासू गङ्गा, जेठाजु केशव र जेठानी सङ्गीतालाई हत्यामा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । 

    जिल्ला सरकारी वकिलको कार्यालयले गत मङ्गलबार सरिताको हत्यामा संलग्न भएको आरोपमा पाँचै जनाविरुद्ध कर्तव्य ज्यान महलअन्तर्गतको अभियोजन अदालतमा दर्ता गरेको थियो । अदालतले प्रहरीको अनुसन्धान, आरोपितको बयान तथा सबुद–प्रमाणका आधारमा सरिताको हत्यामा पारिवारिक संलग्नता देखिएको जनाउँदै उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

    गत वैशाख १३ गते सरिता घाँटीमा निलडाम भएको अवस्थामा घरमा मृत फेला परेकी थिइन् । मृतकका दाजु मण्डन देउपुर–४ चैनपुरका कृष्णप्रसाद दाहालले परिवारका पाँज जनाविरुद्ध जिल्ला प्रहरी कर्यालयमा किटानी जाहेरी दिएका थिए । 
 प्रहरीले सोही आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । उनका श्रीमान् सुदीपले प्रहरीसँगको बयानमा सरिताको हत्या गरेको स्वीकार गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप