बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आठौंका पदक विजेतालाई सशस्त्र प्रहरीको सम्मान

बिहीबार, ०९ जेठ २०७६, २० : ३८
बिहीबार, ०९ जेठ २०७६

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सफल आफ्ना विभागका खेलाडीलाई सशस्त्र प्रहरी बल (एपीएफ) ले बिहिबार नगद पुरस्कारसहित सम्मान गरेको छ । 

प्रदेश ५ को नेपालगन्जमा गत वैशाखमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र कास्यपदक जितेका खेलाडीलाई हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा सम्मान गरिएको हो । 

एपीएफले स्वर्ण विजेतालाई जनही १० हजार, रजत विजेतालाई सात हजार र कास्य विजेतचलाई पाँच ५ हजार रुपैयाँबाट सम्मान गरेको थियो । 

एपीएफ पदक तालिकामा समग्रमा तेस्रो भएको थियो । एपीएफ ५४ स्वर्ण, ६९ रजत र ८० कांस्यसहित कूल २०२ पदक जितेको थियो । 

खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा र नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहलगायतले पुरस्कार प्रदान गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप