भोजपुरमा वडा कार्यालय र स्वास्थ्य चौकीलाई २० लाखको जग्गा प्रदान
बिहीबार, ०९ जेठ २०७६, २० : ३२
भोजपुर । जिल्लाको दक्षिणी आमचोक गाउँपालिका–८ दुम्माना दिंलापुका स्थानीय एक व्यक्तिले वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माणको लागि निःशुल्क जग्गा प्रदान गरेका छन् ।
दुम्मााका कर्णबहादुर राईले स्वास्थ्य चौकीको लागि ४ रोपनी र वडा कार्यालयको लागि चार रोपनी गरि आठ रोपनी जग्गा प्रदान गरेका हुन् ।
राईले करिव २० लाख बराबरको जग्गा प्रदान गरेको गाउँपालिकाका ऊर्जा कर्मचारी केशर श्रेष्ठले बताए । राईले बुधबार वडा कार्यालय र स्वास्थ्य चौकीको नाम जग्गा पास गरिदिएका छन् ।
वडा कार्यालयको भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट १५ लाख र स्वास्थ्य चौकीको भवन निर्माणका लागि सामाजिक विकास मन्त्रालयबाट २० लाख रकम आएको भए पनि जग्गा नपाउँदा काम शुरु हुन सकेको थिएन ।
समिति गठन भएकोले अब दुवै भवनको निर्माण कार्य शुरु गरिने उर्जा कर्मचारी श्रेष्ठले बताए ।