पाकिस्तानका प्रधानमन्त्री इमरानले दिए मोदीलाई बधाई
बिहीबार, ०९ जेठ २०७६, १९ : ४८
भारतीय जनता पार्टीका नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् । उनले मोदीसँग काम गर्ने प्रस्ताव पनि गरेका छन् ।
प्रधानमन्त्री इमरान खानले बधाई दिएपनि त्यहाँका जनताले नरेन्द्र मोदी प्रधानमन्त्री बनोस् भनि चाहेको थिएनन् ।
भारतद्धारा गरिएको सर्जिकल स्ट्राइकका कारण त्यहाँ जनता त्रसित रहेका छन् । त्यसकारणले नरेन्द्र मोदी प्रधानमन्त्री नबनोस् चाहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
पाकिस्तान लाहौरका शाही आलमले त्यहाँका टीभी च्यानलमा भनेका छन्, मोदी सत्तामा पुनः आउनु हुँदैन किनभने उहाँले पाकिस्तानमा सर्जिकल स्ट्राइक गराउनुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण