बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समानुपातिक सांसदद्वारा आन्दोलन गर्ने चेतावनी

बिहीबार, ०९ जेठ २०७६, १९ : ३५
बिहीबार, ०९ जेठ २०७६

प्रदेश नम्बर २ का समानुपातिक सांसदहरुले आफूहरुसँग अपमानपूर्ण विभेद गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

उनीहरुले विकास बजेट, योजना बाँडफाँड, समिति निर्माणसहितको निर्णय प्रक्रियामा समानुपातिक सांसद रहेकै कारणले प्रदेशसभाले समेत बेवास्ता गरी विभेद गर्न खोजेको आरोप उनीहरुले लगाए ।

बिहीवार प्रदेशसभाको बैठक बसे लगत्तै समानुपातिक प्रदेशसभा सांसदहरुले आफूहरुसँग सदनमै विभेद गरिएको आरोप लगाउँदँ आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

प्रत्यक्ष र समानुपातिक प्रदेशसभा सदस्यहरुबीच विभेद गरिएको भन्दै सत्तारुढ राजपा नेपालकी प्रदेशसभा सदस्य रीना यादवले विभेद अन्त्य नभए दुई दिनपछि आन्दोलन गर्ने चेतावनी दिइन् ।

आन्दोलन गरेर नै सदनसम्म पुगेको भन्दै आफ्नो माग सम्बोधन गराउन हामीहरु आन्दोलन गर्न पछाडी नहट्ने उनको भनाई थियो । उनले भनिन्, ‘त्यस्तै हो भने समानुपातिक प्रदेशसभा सदस्यहरुको सीट र प्रत्यक्ष प्रदेशसभा सदस्यहरुको सीट छुट्याइयोस जसले हामीले हाम्रो औकातको स्मरण गराइ रहन्छ ।’ 

त्यस्तै नेकपाका प्रदेशसभा सदस्य जगत यादवले सदनमै हामीहरुलाई पटक–पटक अमपान गरिँदै आएको आरोप लगाए । प्रत्यक्षबाट जितेर आएका प्रदेशसभा सदस्यहरुलाई विकास बजेट दिइने तर हामीहरुलाई विकास बजेट नदिएर अपमान गरिएको यादवले आरोप लगाए ।

निर्वाचन क्षेत्रमा सरकारले विनियोजन गरेका बजेटहरुमा समानुपातिक प्रदेशसभा सदस्यहरुलाई सहभागी नगराइ सरकार एकलौटी हिँड्न खोजेको आरोप लगाए ।

कांग्रेस प्रदेशसभा सदस्य सरस्वती चौधरीले समानुपातिक प्रदेशसभा सदस्यहरुसँगको विभेद अन्त्य नभए रोस्ट्रम घेराउसम्म गर्ने चेतावनी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप