शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुममा बाबुको खुकुरीले गर्धन रेटेर छोराले गरे हत्या

बिहीबार, ०९ जेठ २०७६, १९ : १३
बिहीबार, ०९ जेठ २०७६

पूर्वी रुकुममा आफ्नै छोराले बाबुको खुकुरीले गर्धन रेटेर विभत्स हत्या गरेका छन ।  जिल्लाको भूमे गाउँपालिका–७ दुनावका २० वर्षीय छोरा विराट विकले ४१ वर्षीय बाबु रमान कामीको हत्या गरेका हुन ।

पूर्वी रुकुमका निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक विरबहादुर सुनारले घरयासी विवादका कारण छोराले पछाडीबाट बाबुको गर्धन रेटेर हत्या गरेको र अभियुक्त छोरा फरार भएको जानकारी दिए । 

बाबु रमानको शव केहिबेर अघि मात्र सदरमुकाम रुकुमकोट ल्याइएको उनले बताए । 

पछाडिबाट खुकुरीले गर्धनमा हान्दा करिव १० इन्च मात्रै छालाको भाग रहेको उनले सुनाए । 

दुई छोराछोरी मध्ये विराट जेठा छोरा हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप