मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मिडिया काउन्सिल विधेयक विधि प्रक्रियाबाट समृद्ध र प्रेसमैत्री बनाउने सञ्चारमन्त्रीको प्रतिबद्धता

बिहीबार, ०९ जेठ २०७६, १९ : ०२
बिहीबार, ०९ जेठ २०७६

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयकलाई सञ्चार क्षेत्रबाट आएको सुझावका आधारमा समृद्ध र प्रेसमैत्री बनाउन सरकार तयार रहेको प्रष्ट पारेका छन् । 

मिडिया काउन्सिल विधेयकको बिषयलाई लिएर प्रेस संगठन नेपालको ज्ञापनपत्र बुझेपछि मन्त्री बास्कोटाले सवैको सुझावका आधारमा विधेयकलाई समृद्ध बनाउने बताएका हुन् । 

‘मिडिया काउन्सिल विधेयकको बिषयमा जति पनि बहसहरु भएका छन, त्यसले यो विधेयकलाई समृद्ध बनाउन सहयोग पुगेको छ । प्रेस संगठनले जुन मागसहितको ज्ञापनपत्र बुझाएको छ, यसलाई बिधि र प्रक्रियाबाट समाविष्ट गरी विधेयकलाई समृद्ध बनाउन सरकार लाग्नेछ,’ सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री बाँस्कोटाले भने । 

उनले विधेयक ल्याउँदा कहिँकतै त्रुटी भएको भए सच्याउने बाटो रहेको भन्दै सरकारले प्रेस स्वतन्त्रता हनन हुने गरी कुनै पनि कानून नबनाउने प्रष्ट पारे । 

‘सरकारले असल नियतले बिद्येयक ल्याएको हो, यसलाई सुझावको आधारमा समृद्ध बनाउँछौ । फिर्ता भने हुन्न,’ मन्त्री बास्कोटाले भने । 

उनले काम गर्दा केही त्रुटी हुने भन्दै बैरीको व्यवहार नगर्न आग्रह गरे । ‘काम गर्दै जाँदा एउटा, दुईटा शब्द पर्यो होला, त्रुटी भए होला, संसद छ, सच्याउने ठाउँ छ, सच्चिन्छ । सरकारको नियत पनि गलत छैन । त्यसैले मिडियाका साथीहरुले एकदमै बैरी जस्तो व्यवहार गर्नुभएन, बैरीजस्तो ठान्नुभएन,’ सञ्चारजगतसँग मन्त्री बास्कोटाको भनाई थियो ।

यसअघि मन्त्री बास्कोटालाई प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले ज्ञापनपत्र हस्तान्तरण गरेका थिए । संयोजक दाहाल र सहसंयोजक गणेश बस्नेतले हस्ताक्षर गरी बुझाएको ज्ञापनपत्रमा मिडिया काउन्सिल विधेयकमा रहेका पत्रकार फस्ने बुँदाहरु परिमार्जन गर्न माग गरिएको छ ।

सो संगठनले विधेयकमा रहेका केही बिषयलेसरकारले अहिलेसम्म गरेको मिडिया क्षेत्रको राम्रो कामलाई नै ओझेलमा पार्ने काम गरेको भन्दै सच्याउन माग गरेको थियो । 

मन्त्री बाँस्कोटाले संगठनको सुझावले विधेयकलाई समृद्ध बनाउन र सवै प्रेस जगतले आफ्नोपन महसुस गराउन सहयोगी हुने भन्दै बिधि र प्रक्रियामार्फत कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप