शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सात प्रदेशमा गण्डकी प्रदेशको जिडिपी पाचौं नम्बरमा

बिहीबार, ०९ जेठ २०७६, १८ : ५४
बिहीबार, ०९ जेठ २०७६

गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादन (जिडिपी) २ खर्ब ८८ अर्ब रहेको छ । सात प्रदेशमध्येमा गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादन पाँचौं स्थानमा छ ।

बिहिबार, तथ्यांक विभागले पोखरामा सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेश नम्बर ३ को कुल ग्राहस्थ उत्पादन अग्रस्थानमा छ भने सबैभन्दा कम कर्णाली प्रदेश १ खर्ब १९ अर्ब रहेको छ । 

तथ्यांक अधिकृत अवजेश शुक्लाका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी गैरकृषि क्षेत्रमा ७० दशमलव ६ प्रतिशत र सबैभन्दा कम कृषि क्षेत्रमा २९ दशमलव ९४ प्रतिशत जनसख्यां आश्रीत छन् । 

जसमध्ये कृषि तथा वन क्षेत्रमा २९ दशमलव ९१ प्रतिशत, माछापालनबाट शुन्य दशमलव शुन्य ३, खानी उत्खननबाट शुन्य दशमलव ८०, उद्योगबाट ३ दशमलव २१ प्रतिशत, विद्युत तथा ग्याँस, पानीबाट २ दशमलव ८० प्रतिशत, निर्माणबाट ११ दशमलव ४१ प्रतिशत, होटल रेस्टुरेन्टबाट ३ दशमलव ८७, शिक्षाबाट ७ दशमलव २७ र स्वास्थ्य तथा सामाजिक क्षेत्रबाट ३ दशमलव २३ प्रतिशत जनसंख्या आश्रीत छन् । 

सबैभन्दा बढी कुल ग्राहस्थ उत्पादन प्रदेश नम्बर ३ को छ भने सबैभन्दा कममा कर्णाली प्रदेश छ । यस्तै, प्रदेश नम्बर १ को कुल ग्राहस्थ उत्पादन ५ खर्ब ५ अर्ब रहेको छ । त्यसैगरि कुल ग्राहस्थ उत्पादन बढी हुनेमा तेस्रो नम्बरमा प्रदेश नम्बर ५ परेको छ । तथ्यांकअनुसार प्रदेश नम्बर ५ को कुल ग्राहस्थ उत्पादन ४ खर्ब ५२ अर्ब रहेको छ । 

क्रमश, प्रदेश नम्बर २ को कुल ग्राहस्थ उत्पादन ४ खर्ब ४४ अर्ब, सुदुरपश्चिम प्रदेशको कुल ग्राहस्थ उत्पादन २ खर्ब २० अर्ब रहेको छ । 

यस्तै आर्थिक वृद्धिदरमा प्रदेशमा नम्बर ३ पहिलो नम्बरमा छ भने भने गण्डकी प्रदेश दोस्रो स्थानमा छ । तथ्यांकअनुसार जिडिपीमा प्रदेश नम्बर ३ को प्रतिव्यक्ति आय २०४९ डलर छ भने भने गण्डकी प्रदेशको प्रतिव्यक्ति आय ९ सय ४८ डलर रहेको छ । राष्ट्रिय प्रतिव्यक्ति आय जिडिपी अनुसार १ हजार ३४ डलर रहेको छ ।

सबैभन्दा बढी आर्थिक वृद्धिदरमा प्रदेश नम्बर ५ रहेको छ भने दोस्रोमा गण्डकी प्रदेश रहेको छ । तथ्यांकअनुसार प्रदेश नम्बर ५ को आर्थिक वृद्धिदर ७ दशमलब ३७ प्रतिशत र गण्डकी प्रदेशको ७ दशमलव जिरो प्रतिशत छ । तथ्यांकअनुसार नेपालको कुल ग्राहस्थ उत्पादन ३४ खर्ब रहेको छ । 

पुरानै शैलीमा चल्दैछौं 
सन् १९५३ मा युएनले पहिलो पटक सबै देशको जिडिपी गणना गरेको थियो । अहिले पनि त्यही अनुुसार जिडिपी गणना गरिँदै आएको गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष गिरीधारी शर्माले बताएका छन् । 

‘अझै पनि हामी त्यही पुरानै शैलिमा छौं,’ उनले भने, ‘हामीमा चेन्जेज केही आएको छैन । हामी परिवर्तन हुनु जरुरी छ ।’ राज्यको पोलिसी गलत छ भन्नु भन्दा पनि आफैंमा परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप