शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रत्यक्ष कार्यकारी प्रमूख नमाने जनताको बीचमा जान्छौं :प्रचण्ड

सोमबार, २३ साउन २०७४, ०९ : ०४
सोमबार, २३ साउन २०७४


काठमाडौं -पूर्व प्रधानमन्त्री तथा ने।क।पा। ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूख मान्न अरु पार्टीहरु तयार नभए आफूहरु जनताको बीचमा जाने बताएका छन् । 


सोमबार नेकपा ९माओवादी केन्द० ४ नम्वर प्रदेशका राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधानको प्रभावकारिता, संघीयताको सन्तुलन, राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ । हिजो कांग्रेस–एमालेले मानेकै कुरा हो । आज पनि यो मुद्दामा सबै एक हुनुपर्छ । कार्यकारी राष्ट्रपतिका लागि हामी पहिला वैचारिक अभियान सञ्चालन गर्छौ, त्यसमा कांग्रेस एमालेले मानेनन् भने हामी जनताको बीचमा जान्छौ र व्यापक जनदवाव सृष्टि गर्छौं ।’


अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचनमा धेरै नै आर्थिक बिकृति निम्तिएकाले यसको बिकल्प खोज्नुपर्ने बताए । उनदे भने, ‘निर्वाचनमा यति धेरै बिकृति आइसक्यो कि मध्यम वर्गका मान्छेहरु पनि चुनाव लड्न नसक्ने भए । घुमाई फिराई सम्भ्रान्त वर्गले मात्रै चुनाव लड्न र जित्नसक्ने परिस्थिति सिर्जना हुँदैछ । यसको अन्त्यका लागि पार्टीहरु बीच प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ । यसको पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखसँग गहिरो अन्तर्सम्बन्ध छ । समानुपातिक निर्वाचन प्रणालीबाट मात्र उत्पीडितहरु नीति निर्माणको तहमा आउँछन्, यसले निर्वाचनमा करोडौ पैसाको चलखेल हुने कुरा पनि रोक्न सकिन्छ ।’


माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिन सक्ने खतरा औल्याउँदै प्रचण्डले भने, ‘एमाले लगायतका पुराना पार्टीहरुलाई संघीयता घाँडो भएको छ, गणतन्त्र पनि मन परेको छैन । समावेशी–समानुपातिक पनि मन पर्दैन । हिजो आफैले हरुवा, चरुवा, गोठालो राखेका मान्छेहरु आज सांसद, मन्त्री भएका छन् । हिजो आफूले कारिन्दा बनाएकालाई आफ्ना सांसद, मन्त्री मानेर नमस्कार गर्दा उनीहरुलाई असैह्य भएको छ । त्यसकारण पनि उनीहरु संघीयता, समावेशी–समानुपातिक र गणतन्त्र पनि उल्टाउन चाहन्छन् ।’
पार्टीभित्रका समस्याबारे चर्चा गर्दै प्रचण्डले भने, ‘पार्टीभित्र वैचारिक अस्पष्टता, संगठनात्मक अराजकता र कार्यशैलीमा आएको डरलाग्दो ह्रास नै हाम्रो समस्या हो । वर्गसंघर्षको अचुक हतियार भनेको संगठन नै हो । विचारको प्राथमिकतापछि संगठनको विशेष महत्व हुन्छ । संगठन, संगठन र फेरि पनि संगठनको हाम्रो मूख्य उद्देश्य हो । हामी पार्टीलाई रुपान्तरण गर्ने, पार्टीलाई नयाँ बनाई छाड्ने संकल्प गरेर आएका छौं ।’


माओवादी धाराको एकता अनिवार्य भएकोमा जोड दिँदै प्रचण्डले भने ‘हामीले सचिवालय बैठकबाट माओवादी धाराको एकताको अपील गरेका छौं । एकताको पहल गर्ने मूख्य जिम्मेवारी हाम्रै काँधमा छ । वैद्यजी, बाबुरामजी लगायतका साथीहरु पार्टीलाई रुपान्तरण गर्न र नयाँ बनाउन जानुभएको हो । तर, सक्नुभयो त रु जनताले फुटलाई अनुमोदन गरे त रु जनताले फुटलाई अस्वीकार गरे । अब माओवादी एक हुनुको बिकल्प छैन । नयाँ शक्तिका पूर्व माओवादी साथीहरु लगभग सबै नै आउदै हुनुहुन्छ । विप्लवभित्र र वैद्यभित्र पनि एकताका लागि दवाव परेको छ । उहाँहरुले सोच्नैपर्ने परिस्थिति आएको छ ।’


प्रशिक्षणमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले माघ ७ भित्रै प्रदेश र संघको निर्वाचन गर्नुपर्ने बताए । उनले भने, ‘हरहालतमा माघ ७ गतेभित्र प्रदेश र संघीय निर्वाचन गर्नुपर्छ, त्यसमा दायाँ बायाँ गर्ने छुट कसैलाई छैन । त्यसका लागि हामी सबै निर्वाचनको तम्तयारीमा बस्नुपर्छ ।’


पार्टीका समस्या र रुपान्तरणबारे चर्चा गर्दै नेता श्रेष्ठले भने, ‘हामीमा संगठनमा सुदृढ एकता भएन । विचार समूह छैनन् । तर, स्वार्थ समूह बिघटन भइसकेका छैनन् । पार्टीको प्रचार संयन्त्र कमजोर भयो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कालमा गरेजस्ता काम सरकारमा बसेर कांग्रेस, एमालेले गर्थे भने त्यसलाई धेरै प्रचार गरिन्थ्यो । तिललाई पहाड बनाइन्थ्यो, यसबाट हामीले गम्भीर शिक्षा लिनुपर्छ ।’
कार्यक्रममा अर्का नेता रामबहादुर थापा ‘बादल’ले परिवर्तनको एक मात्र धारा माओवादी नै भएको निर्वाचन परिणामले पनि पुष्टि गरेको बताउनु भयो । नेता बादलले भन्नुभयो, ‘कांग्रेस, एमालेको वैचारिक दृष्टिकोणमा खासै अन्तर छैन । उनीहरु परिवर्तनको बाहक होइनन्, जनताले माओवादीलाई नै क्रान्तिकारी बिकल्पका रुपमा छानेका छन् । तर, हाम्रा कमजोरीलाई जनताले दण्डित पनि गरेका छन्, रुपान्तरणको अपेक्षा राखेका छन् ।’

व्यापक क्रान्तिकारी जनसंगठनमा जोड दिँदै बादलले भने, ‘संगठन बिनाको पार्टी र विचारले लक्ष्य प्राप्त गर्न सकिन्न । व्यापक जनसंगठन र क्रान्तिकारी पार्टी निर्माण नै अहिलेको हाम्रो मूल कार्यभार हो । संगठन ठूलो भएर पुग्दैन, त्यो संगठन लक्ष्यप्रति प्रतिवद्द, अनुशासित र संकल्प एकतामा आधारित पनि हुनुपर्छ ।’

बैठकमा जिल्ला संयोजकहरु लेखबहादुर थापा ९गोरखा०, राजेन्द्रकेशरी न्यौपाने ९तनहूँ०, मधु अधिकारी ९लम्जुङ०, शैलेन्द्र घिमिरे ९स्याङ्जा०, सुदिप कुंवर ९पर्वत०, गोविन्द पौडेल ९म्याग्दी०, चन्द्रबहादुर थापा ९बाग्लुङ०, मित्रशरण शर्मा ९नवलपुर०, दीपक कोइराला ९कास्की०, नेपबहादुर गुरुङ ९मनाङ० र सत्यनारायण शेरचन ९मुस्ताङ० ले चुनावी रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।


रिपोर्ट प्रस्तुत गर्दै संयोजकहरुले संगठनात्मक अराजकता, भद्दा कमिटि, चुनावी तालमेलमा पहलको कमि, संगठन निर्माणमा उदासिनता र नेताहरुको निष्क्रियता, पार्टी आर्थिक, सांस्कृतिक र संगठनात्मक अनुशासनमा कमि, विरोधीका भ्रम चिर्न असफल, नेता, कार्यकर्तामा निरासा, गुटबन्दी र आर्थिक अभावजस्ता कारणले निर्वाचनमा राम्रो परिणाम ल्याउन नसकेको रिपोर्टिङ गर्नुभएको थियो । कार्यक्रममा प्रदेशभित्र कार्यरत ४५० महाधिवेशन आयोजक समितिका सदस्यहरुको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप