बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हार स्वीकार गर्दै राहुलले भने : मोदीलाई बधाई, कँग्रेसजन नडराऊ

बिहीबार, ०९ जेठ २०७६, १८ : २२
बिहीबार, ०९ जेठ २०७६

नयाँ दिल्ली । भारतीय कँग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा निर्वाचनमा जीत हासिल गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (विजेपी) लाई बधाई दिएका छन् ।

बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै गान्धीले चुनावमा जनता मालिक रहेको र जनताले सुनाएको निर्णय आफूलाई स्वीकार्य हुने बताएका हुन् ।

उनले चुनावमा लड्ने सबै कँग्रेस उम्मेदवारहरुलाई धन्यवाद पनि दिए ।

गान्धीले यो चुनावमा दुई अलग सोच र विचारधाराबीच प्रतिस्पर्धा भएको र यसपटक भाजपा र मोदी विजयी भएको बताए ।

उनले चुनावी परिणामपछि के गलत भयो भनेर आजै आफू टिप्पणी गर्न नचाहेको पनि बताए ।

‘म भारतीय जनताको निर्णयलाई सम्मान गर्छु,’ उनले भने ।

उनले यस नतिजाबाट कँग्रेस कार्यकर्ताहरुलाई हतोत्साहित नहुन र नडराउन आग्रह पनि गरे ।

‘यो देशमा धेरै जनता छन् जो हाम्रो विचारधारालाई समर्थन गर्छन् । यो विचारधारालाई हामी एक दिन जिताउने छौँ,’ उनको भनाई थियो ।

अमेठीमा जीत हासिल गरेकोमा उनले स्मृति इरानीलाई पनि बताई दिए । ‘अमेठीको जनताको निर्णयलाई सम्मान गर्छु । स्मृतिजीसँग आग्रह गर्न चाहन्छु  अमेठीलाई माया गर्नुहोस् र जनताले तपाईंमाथि राखेको को आशा पूरा गर्नुहोस्,’ गान्धीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप