बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय काँग्रेसका ठूला नेताको यस्तो छ हालत

बिहीबार, ०९ जेठ २०७६, १७ : ४४
बिहीबार, ०९ जेठ २०७६

काठमाडौ जेठ ९–भारतीय लोकसभाको चुनावको मतगणना जारी रहेको छ । मतगणनाबाट प्राप्त मतपरिणाम अनुसार काँग्रेसका ठूला ठूला नेताहरु भाजपाभन्दा पछाडि रहेका छन् । एक दुई ठाउँमा भाजपाका नेताहरु पनि पछाडि परेका छन् । यद्यपी पुरा परिणाम आएपछि मात्र जीत हारको टुगों लाग्छ ।

को–को छन् पछाडि ?

मल्लिकाकार्जुन खडगे (काँग्रेस)

कर्नाटकको गुलबर्गाबाट काँग्रेसका वरिष्ठ नेता मल्लिकार्जुन चुनाव लड्दै छन् । प्राप मतगणना अनुसार उनी भाजपाका उमेश जाधव भन्दा ४२ हजार मतले पछाडि रहेका छन् ।

रामकृपाल यादव (आरजेडी)

बिहारका पाटलिपुत्रबाट भाजपाका वरिष्ठ नेता रामकृपाल यादवभन्दा आरजेडीका अध्यक्ष लालु यादवका छोरी मीसा भारती पाँच हजारमतले अगाडि छिन् ।

सत्रुघन सिन्हा (काँग्रेस)

बलिउडका सुपर स्टार सत्रुघन सिन्हा भाजपाका रवी शंकर प्रसाद भन्दा ७५ हजार मतले पछाडि छन् । सिन्हा विहारको पटनाबाट चुनाव लडेका छन् ।

ज्यातिरादित्य सिंधिया (काँग्रेस)

काँग्रेसका ठूला नेता ज्यातिरादित्य सिंधिया मध्यप्रदेशको गुनाबाट चुनाव लडेका छन् । उनलाई भाजपाका केपी यादवले ५३ हजार मतले पछाडि पारेको छ ।

दिग्विजय सिंह (काँग्रेस)

काँग्रेसका वरिष्ठ नेता दिग्विजय सिंह पनि चुनाव हार्ने अवस्थामा पुगेको बताइन्छ । उनी भाजपाका साध्वी प्रज्ञा भन्दा एक लाख भन्दा बढी मतले पछाडि रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप