मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसभा चुनावमा वलिउड कलाकारको हालत खराब

बिहीबार, ०९ जेठ २०७६, १७ : ३५
बिहीबार, ०९ जेठ २०७६

काठमाडौँ । भारतीय लोकसभा चुनावको मतगणना जारी छ । ५४२ सीटमा भएको चुनावमा भारतीय जनता पार्टी अगाडि रहेको छ ।

लोकसभा चुनावमा भारतीय कलाकारहरुले पनि भाग लिएका थिए । चुनावी मैदानमा भोजपुरी, कन्नड, बंगाली सिनेमा लगायत बलिउडका ठूल्ठूला स्टार पनि रहेका छन् । हेमा मालिनी, सनी देवल, उर्मिला मतोडकर, जयप्रदा, राजबब्बर, सत्रुघन सिन्हा, निरौहुवा लगायतका कलाकारहरु चुनावी मैदानमा रहेका छन् ।

उनीहरुको अवस्था के कस्तो छ, जानकारी लिऔं ।

वलिउडका ड्रिम गर्ल रहिसकेका हेमा मालिनी युपीको मथुराबाट चुनाव लडेका छन् उनी त्यहाँबाट चुनाव जित्ने पोजिशनमा पुगेका छन् । उनी यसअघि पनि त्यहीबाट चुनाव जितेकी थिइन् ।

वलिउडका सुपरस्टर धर्मेन्द्रका पुत्र सनी देवल पहिलो पटक पञ्जावबाट चुनाव लडेका छन् । पञ्जावको गुरदासपुरबाट चुनावको लडेका उनी जितका लागि अगाडि बढी रहेका छन् ।

वलिउडका एक अर्की नायिकका जयप्रदा युपी रामपुरबाट भाजपा उम्मेदवार बनेकी हुन् । उनी समाजवादी पार्टीका उम्मेदवार आजम खान भन्दा पछाडी छिन् ।

भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव उत्तर प्रदेशको आजमगढबाट चुनाव लडेका छन् । यद्यपी उनको अवस्था राम्रो गइरहेको छैन । उनी समाजवादी पार्टीका वरिष्ठ नेता अखिलेश यादवसँग चुनाव लडेका थिए । अखिलेश यादव भन्दा उनी धेरै पछाडी छन् ।

सत्रुधन सिन्हका श्रीमती पुनम सिन्हा पनि लखनउबाट चुनाव लडेका छन् । उनी भाजपाका नेता एवं गृहमन्त्री राजनाथ सिंहसँग चुनावी मैदानमा छिन् । पुन सिन्हा राजनाथ भन्दा निकै पछाडी रहेकी छिन् ।

यता, कर्नाटकाबाट चुनाव लडेका प्रकाश राजले पनि आफ्नो हार स्वीकार गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप