केन्द्रीय संस्करण

कार्यकर्ताको हत्या गरेको आरोप लगाउँदै विप्लवले निकाले यस्तो विज्ञप्ति

person explore access_timeजेठ ९, २०७६ chat_bubble_outline0

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्व संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । विप्लवले केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकर्ताको हत्या गरेको आरोप समेत लगाएका छन् । 

प्रहरीले गिरफ्तार गरी आफ्ना कार्यकर्ताको हत्या गरेपछि बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै महासचिव विप्लवले केपी ओली नेतृत्वको सरकारलाई सामाजिक फाँसीवादी सरकारको संज्ञा दिएका छन् ।

सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरेलाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेको भन्दै घोर आपत्ति जनाएका छन् । 

साथै सरकारको मनपरीविरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको भन्दै यही अवस्थामा आफ्नो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको पनि महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै विप्लवले ओली सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकारकर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै तीर्थराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न माग समेत गरेका छन् । 

कार्यक्रमहरु
१० र ११ गते भण्डाफोर, कोणसभा
१२ गते देशव्यापी मसल जुलुस
१३ गते नेपा बन्द

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...