शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बैङ्कहरुले उठाउने कल निक्षेपमा राष्ट्र बैङ्कको लगाम, १० प्रतिशतभन्दा बढी उठाउन नपाइने

बिहीबार, ०९ जेठ २०७६, १७ : ३०
बिहीबार, ०९ जेठ २०७६

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तिय संस्थाले उठाउँदै आएको कल निक्षेपमा सिमा तोकेको छ ।

राष्ट्र बैङ्कका अनुसार बाणिज्य बैङ्कहरुले कल निक्षेप उठाउँदा कुल निक्षेपको १० प्रतिशत भन्दा बढी उठाउन नपाउने व्यवस्था गरेको छ । यसैगरी विकास बैङ्क र फाइनान्स कम्पनीले यस्तो निक्षेप कुल निक्षेपको १५ प्रतिशत भन्दा बढी उठाउन पाउने छैनन् ।

अहिले राष्ट्र बैङ्कले तोकेको सीमाभन्दा बढी कल निक्षेप उठाउने बैङ्क तथा वित्तिय संस्थाले पनि २०७७ असार मसान्तसम्म यहि सीमामा ल्याइसक्नुपर्ने निर्देशन दिएको छ ।

राष्ट्र बैङ्क अन्र्तगत बैङ्क तथा वित्तिय संस्था नियमन विभागद्वारा जारी गरिएको परिपत्रले बैङ्कहरुले उठाउँदै आएको अधिक कल निक्षेपमा बन्देज लगाएको छ ।

राष्ट्र बैङ्कको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले  कल निक्षेपको अंश घटाउनुपर्ने बनाएको थियो । कम्पनी संस्थान आदीले ब्याज आम्दानीका लागि कल डिपोजिट खाता खोल्छन् ।

पछिल्लो समय संस्थागत निक्षेपकर्ताले बढी ब्याजदर बार्गेनिङ गरेर बैङ्कहरुलाई ब्याज बढाउन बाध्य बनाएका हुन्थे ।

संस्थागत निक्षेप ठुलो रकमको हुने भएकाले सो निक्षेप अन्तै जाने डरले बैङ्कहरु ब्याज बढाएर त्यस्तो निक्षेप स्विकार गर्थे जसले समग्र प्रणालीमै असर पुर्याइरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप