आठौँ राष्ट्रिय खेलकूदका विजयी खेलाडी सम्मानित
बिहीबार, ०९ जेठ २०७६, १५ : ५९
काठमाडौँ–सशस्त्र प्रहरी बल (एपीएफ) ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज सम्मान गरेको छ ।
प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा पदक विजेता खेलाडीलाई हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सम्मान गरेका हुन् ।
उक्त प्रतियोगितामा एपीएफ क्लब तेस्रो भएको थियो । एपीएफले ५४ स्वर्ण, ६९ रजत र ८० कास्यसहित कूल २०२ पदक पदक जितेको थियो । सम्मानस्वरुप एपीएफले स्वर्ण पदक विजेता खेलाडीलाई जनही रु १० हजार प्रदान ग¥यो भने रजत विजेतालाई रु सात हजार तथा कास्य विजेतालाई रु पाँच हजार प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा