शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकविरुद्ध तीन दल

बिहीबार, ०९ जेठ २०७६, १५ : ५३
बिहीबार, ०९ जेठ २०७६

बागलुङ–राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन् ।

केही समयअघि हस्ताक्षर सङ्कलन गरेका ती दलले उक्त विधेयक ‘राष्ट्रघाती’ भएको भन्दै फिर्ता लिन माग गरेका हुन् । आज विधेयकविरुद्ध ती दलले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पनि बुझाएका थिए  ।
 
नेपालको राष्ट्रियतामा आँच आउने गरी विधेयक आएकाले विरोध गर्नुपरेको राजमोका अध्यक्ष अमर थापाले बताए । 
अहिले ठूलो सङ्ख्यामा गैरनेपालीले अङ्गीकृत र वंशजका आधारमा नागरिकता लिएको उनीहरुको आरोप थियो ।

 सीमावर्ती क्षेत्रमा त्यस्ता नागरिकता लिने बढी छन् । विसं २०६३ मा ल्याएको ऐनले भित्र्याएको राष्ट्रघातको विस्तारितस्वरुप विधेयकले बोकेको उनीहरुले आरोप लगाए । प्रजिअ लुकबहादुर क्षेत्रीले सो ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा जानकारी गराउने आश्वासन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप