शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन्नी देओलको साटो सन्नी लियोनीको नाम लिइयो, नायिकाले सोधिन् यस्तो प्रश्न

बिहीबार, ०९ जेठ २०७६, १३ : १९
बिहीबार, ०९ जेठ २०७६

भारतीय लोकसभा चुनाव २०१९ को नतिजा घोषणा गरिँदै छ । मानिसहरु यसका निकै उत्साहित देखिएका छन् । तर टिभीमा यो उत्साह थोरै महँगो साबित भएको छ । किनभने टेलिभिजन प्रस्तोताको एक गल्ती अहिले सोसल मिडियामा छाएको छ । यस्तो गल्ती रिपब्लिक टिभीका अर्नभ नामका प्रस्तोताले गरेका हुन् । उनी पंजाबको गुरदास पुर सिटबाट सन्नी देओलबारे अपडेट दिइरहेका थिए । तर गल्तीपूर्वका उनको मुखबाट सन्नी लियोनी निस्कियो । सोसल मिडिया यो भिडियो यति भाइरल भयो कि यो खबर सन्नी लियोनीसम्म पुग्यो । उनले यसबारे ट्वीट गर्दै भनेकी छिन्, ‘म कति भोटले अगाडि बढिरहेकी छु ?’

सन्नीको यो ट्वीटमा उनका फलोअर्सले निकै मज्जाको जवाफ दिइरहेका छन् । लगभग इन्जिनियर नामका एक प्रयोगकर्ताले लेखे, ‘तपाई १३५ करोड भारतीयको मनबाट अगाडि बढिरहनुभएको छ । ’ यस्तै, प्रयोगकर्ताले सन्नीको सेन्स अफ ह्युमरको तरिफ गरिरहेका छन् ।

सन्नी चाँडै नै ‘कोकाकोला’ नामको हरर कमेडी फिल्ममा देखिने भएकी छिन् । यो फिल्मका लागि आफू निकै उत्साहित भएको सन्नीले बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप