मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीको सकारात्मक बिषयमा फिल्म ‘कप्स’

बिहीबार, ०९ जेठ २०७६, १३ : ०८
बिहीबार, ०९ जेठ २०७६

 काठमाडौं –प्राय नेपाली फिल्ममा नेपाल प्रहरीको चरित्र नकरात्मक देखाउने गरिन्छ । फिल्म ‘कप्स’ले भनेमा दर्शकले उनीहरुको चरित्र सकरात्मक देख्न पाउने छन् ।

विश्वमा राम्रो प्रहरीको रुपमा नेपाली प्रहरीले बनाएको छबीलाई आफुहरुले फिल्ममा पनि प्रस्तुत गरेको निर्देशक सम्राट सापकोटाले बताए । राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने ‘प्रहरीले राम्रो काम गरेको भए पनि उनीहरुमाथि जनताको हेराई र बुझाई किन नकरात्मक छ भन्ने बिषयलाई मेरो फिल्मले चिरफर गर्छ ।’

दर्जन बढी फिल्म अभिनय गरेका सम्राटको ‘कप्स’ डेब्यु फिल्म हो । यही १७ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा प्रहरी नायव उपरिक्षकको रुपमा अभिनेता अनुप बिक्रम शाहीलाई उतारिएको छ । यस अघि प्राय खलचरित्रमा उत्रने गरेको अनुपलाई कप्समा एउटा सक्षम र देशभक्त प्रहरीको रुपमा प्रस्तुत गरिएको पनि निर्देशक सापकोटाले सुनाए । 

कप्समा अनुपबिक्रमसँगै संदिपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, रोशन सुवेदी, सुन्दर श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ ।

सापकोटाका अनुसार चलचित्र कप्स ‘थ्रि पी’ अर्थात ‘पोलिटिक्स, पुलिस र पब्लिक’मा केन्द्रित रहेको छ । मुलुकमा बढ्दो, अपहरण, बलात्कार, हत्या, गुन्डागर्दीले समाजमा निम्त्याएका समस्या र त्यसलाई नियन्त्रण गर्न प्रहरीको भोग्नु परेको चुनौतीको सेरोफेरोमा आफ्नो फिल्म भएको पनि यी निर्देशकको कथन छ । 

राम शाक्यले निर्माण गरेको यो फिल्ममा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन, स्वयम्भुराज शाक्यको संगीत छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप