शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार सर्वसत्तावादी विचारका साथ अघि बढ्यो, अब समाप्त हुन्छ : नेता खाँण

बिहीबार, ०९ जेठ २०७६, १२ : ४५
बिहीबार, ०९ जेठ २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले सरकार सर्वसत्तावादी सोचका साथ अगाडि बढेको आरोप लगाएका छन् ।

राष्ट्रिय जागरण अभियानका क्रममा बिहिबार काठमाडौँ आयोजित एक कार्यक्रममा नेता खाँणले सरकारले एक दलीय राज्य व्यवस्था लादन उद्दत भएको बताए । 
 

उनले भने,‘ हिंसा र हत्याको जगमा बनेको नेकपा सर्वसत्तावादी बिचारलाई आत्मसाथ गरेर देशमा एक दलिय राज्य व्यवस्था लादन उद्दत रहेको छ । काँग्रेसले कहिले विश्राम गर्न पाउँदैन,’ उनले भने,‘राज्य व्यवस्था, जनअधिकार रक्षाको लागि, लोकतान्त्रिक मूल्यमान्यता,र राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न नेपाली काँग्रेस बलियो हुन जरुरी छ ।’

 सरकार लोकतान्त्रिक व्यवस्थाको खिलाफमा उभिएको उनको दाबी छ । ‘जनताको मौलिक हक अधिकार, प्रेस स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता काँग्रेसको आत्मा  हो । लोकतान्त्रिक व्यवस्थाको खिलाफमा उत्तेजित वर्तमान सरकारले हेक्का रहोस् । हिजो राणा,राजा,पञ्चायत यही कारणले समाप्त भए । अब नेकपाको पनि दिन आउँदैछ,’ नेता खाँणले भने । 

फरक प्रसंगमा उनले नेपाली काँग्रेसले नै काँग्रेसको हुर्मत गर्दा पार्टी यो अवस्थामा पुगेको बताए । उनले भने, ‘काँग्रेसले काँग्रेसकै सात्तो नखाएको भए आजको दिन आउदैन थियो । पार्टीको नेता कार्यकर्ताले एक अर्कालाई गाली गर्न पाइँदैन । कम्युनिष्टसँग मुकाविला गर्ने पार्टीमा मित्रभाव, आत्मीयता र सम्मान हुन जरुरी छ ।’

नेता खाँणले थपे,‘काँग्रेस इतिहासमै कठिन अवस्थामा छ कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नु छ । विश्वमा कुनै ठाउ छैन जहाँ लोकतान्त्रिक शक्ति बामपंथीसँग प्रतिस्पर्धा गर्दछ । ज्यादै गम्भीर र चिन्तित अवस्था छ । यो प्रतिकुल अवस्थामा पनि नेपाली काँग्रेसले पाएको मतको संरक्षण गर्नुपर्छ । मतदातालाई संरक्षण गर्नु पर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप