बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनाको आँखा काउन्टिन्होमा : १२ करोड पाउण्डको अफर गर्ने तयारी

सोमबार, २३ साउन २०७४, ०८ : ३९
सोमबार, २३ साउन २०७४

बार्सिलोना – नेयमारलाई बिक्री गर्दा १९.८ करोड पाउण्ड आम्दानी गरेको बार्सिलोनाले उनको स्थानमा लिभरपुलका फिलिपे काउन्टिन्होलाई भित्र्याउने तयारी गरेको छ ।

प्रशिक्षक जर्गन क्लपले २५ वर्षीय काउन्टिन्हो बिक्रीका लागि नभएको बताए पनि बार्सिलोनाले बेलायती क्लबलाई १२ करोड पाउण्डको आकर्षक अफर गरेर लोभ्याउने तयारी गरेको डेली स्टारले जनाएको छ ।

यसको साथै क्याटालान क्लबले बोरुसिया डर्टमण्डका ओसमान डेम्बेलेलाई पनि भित्र्याउन ७ करोड पाउण्ड तिर्न तयार रहेको बताइएको छ ।

लण्डन क्लब टोटनहम, चेल्सी र आर्सनलले पनि २० वर्षीय खेलाडीलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।

काउन्टिन्होलाई भित्र्याउन नसके बार्सिलोनाले स्टामफोर्ड ब्रिजबाट २६ वर्षीय एडिन हजार्डलाई किन्ने प्रयास गर्ने पनि बताइएको छ ।

यसको अलावा बार्सिलोनाले रियल म्याड्रिड र म्यान्चेस्टर सिटीसँगै मोनाकोका युवा सेन्सेसन काइलियान एमबापेलाई पनि किन्ने प्रयास गरिरहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप