प्रदेश पाँचको नीति कार्यक्रम आज सार्वजनिक
बिहीबार, ०९ जेठ २०७६, १२ : ०२
बुटवल –प्रदेश नम्बर पाँचको नीति कार्यक्रम आज प्रदेश सभाको बैठकमा प्रस्तुत हुँदैछ ।
आज अपरान्ह ३ बजे बोलाइएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७६।०७७ को लागि नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ ।
मन्त्रीपरिषदको मंगलवार बसेको बैठकले आज पेश हुने नीति कार्यक्रम पारित गरी प्रदेश प्रमुख उमाकान्त झालाई नीति कार्यक्रम वाचनका लागि अनुरोध गर्ने निर्णय गरेको थियो।
आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश भएका कार्यक्रमलाई निरन्तरता दिनुका साथै प्रदेश योजना आयोगले तयार पारेको आवधिक योजनाका आधारमा कार्यक्रमहरु समेटिने बताइएको छ । कृषि, पर्यटन , लाई बिशेष ध्यान दिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा