फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरले दियो १५ दिने अल्टिमेटम
पोखरा– फेवातालको मापदण्ड मिचेर बनाइएका संरचना भत्काइने भएको छ । पोखरा महानगरपालिकाले बिहीबार सूचना निकालेर १५ दिन भित्रमा ६५ मिटर मापदण्डभित्र बनेका स्थायी तथा अस्थाई संरचना भत्काउन अल्टिमेटम दिएको हो ।
‘मापदण्डभित्र बनेका संरचना हटाउन १५ दिनको समय दिएका छौं,’ पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीले भने, ‘तोकिएको समयभित्र संरचना नहटाएमा महानगरमा एक्सनमा जान्छ ।’
ड्याम साइडदेखि खपौदीसम्मको मूल सडकभन्दा तलपट्टी रहेका मापदण्डको लगत लिने र लगतका आधारमा संरचना हटाउने उनले जानकारी दिए ।
ताल संरक्षणको लागि प्रदेश, संघ र स्थानीय तहलाई सर्वोच्चको फैसलाले आदेश दिएको थियो ।
त्यसमध्ये केन्द्र सरकारले जग्गाको मुअब्जा उपलब्ध गराउने, प्रदेशले सीमाकंन र स्थानीय तहलाई संरक्षणको जिम्मेवारी दिइएको थियो ।
सूचनालाई बेवास्ता गरि आलटाल गरेमा महानगर आफैंले हटाउन परेमा जति संरचना छन् भत्काउने उनले सुनाए ।
पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्व प्रकाश लामिछानेले तयार पारेको प्रतिवेदनलाई आधार मान्दै गएको वर्ष बैशाख १६ गते सर्वोच्चले फैसला गरेको थियो । आदेशमा फेवातालको ६५ मिटर मापदण्डटर कायम गर्न÷गराउन उल्लेख गरिएको छ ।
फेवातालको मापदण्ड कायम गर्नका लागि प्रदेश सरकारले गएको मंसिर ६ गते सर्वोच्चको पूर्णपाठ पाइसकेको छ ।
गएको माघ १० गते गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको संयोजकत्वमा फेवातालको मापदण्ड कायम गराउँन ११ सदस्यिय समिति समेत गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?