शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय लोकसभा चुनावः बेगुसराइमा कन्हैया कुमारलाई पछि पार्दै गिरिराज अगाडि

बिहीबार, ०९ जेठ २०७६, १० : ५६
बिहीबार, ०९ जेठ २०७६

भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहिबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाती परिणाम अनुसार बेगुसरायमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेद्वार कन्हैया कुमारलाई भारतीय जनता पार्टीका उम्मेद्वार गिरिराज सिंहले पछि पारेका छन् ।

भारतमा मात्रै नभई नेपालमा समेत चर्चित रहेका कन्हैया जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेता हुन् । उनको चुनाव प्रचारमा विभिन्न सेलिब्रिटीसमेतको सहभागिता रहेको थियो ।  

सुरुवाती रुझानमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठीमा बिजेपी उम्मेद्वार तथा केन्द्रीयमन्त्री स्मृती इरानी अगाडि रहेकी छिन् । राहुल गान्धी केरलको वायनाडबाट पनि उठेका छन् । वायनाडबाट भने राहुल गान्धी ५ हजारभन्दा बढी मतले अगाडि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप