शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको ‘भव्य स्वागत’ को लागि पार्टीमा दुई लाख पार्टी कार्यकर्तालाई दिल्ली निमन्त्रणा

बिहीबार, ०९ जेठ २०७६, १० : ४६
बिहीबार, ०९ जेठ २०७६

एजेन्सी । लोक सभा निर्वाचन जित्नेमा आत्मविश्वासी देखिएको भाजपाले आज साँझ दिल्ली स्थित पार्टी मुख्यालयमा २ लाख पार्टी कार्यकर्तालाई निमन्त्रणा पठाएको छ ।

भाजपा नेताका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई ‘स्वागत’ गर्नको लागि यो भेला आयोजना गर्न लागिएको हो । 

भाजपाले उसका सम्पूर्ण विजयी सांसदलाई मे २५ भित्र दिल्ली आउन आह्वान गरिसकेको छ । 

प्रधानमन्त्री मोदीले यस अघि नै उनको पार्टीले ऐतिहासिक रुपमा दोस्रो पटक चुनाव जित्ने बताइ सकेका छन् ।

मत सर्वेक्षणले विपक्षी कंग्रेस र उसको गठबन्धन(युपिए)ले १२२ सिट जित्ने देखाएको छ भने मोदी नेतृत्वको एनडीए गठबन्धनले ३०० बढी मत पाउने देखाएको छ ।

भारतमा अप्रिल ११ देखि विभिन्न सात चरणमा ५४२ सिटमा निर्वाचन सम्पन्न भयो । भारतमा सरकार बनाउनको लागि कुनै पार्टी वा गठबन्धनलाई २७२ सांसद आवश्यक पर्छ ।

भाजपा नेतृत्वको एनडीएले मंगलबार आगामी कदमबारे छलफल गर्न वैठक आयोजना गरेको थियो ।

वैठकमा गठबन्धन सदस्यले मोदीलाई फुलको माला लगाइदिएर भावि विजयको लागि पहिले बधाई दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप