शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपति प्रसाद जस्तो फिल्म हामीले कहिले हेर्न पाउने ?

बिहीबार, ०९ जेठ २०७६, १० : २४
बिहीबार, ०९ जेठ २०७६

निर्देशक दीपेन्द्र के खनाललाई विगत ४ वर्षदेखि देश तथा विदेशबाट धेरै सोधिने प्रश्न हो यो । फोन, सामाजिक सञ्जाल होस् वा कम्युनिकेसनका अन्य माध्यमबाटै किन नहोस्, धेरैले उनलाई यही प्रश्न राख्ने गर्छन् । त्यति मात्र कहाँ हो र ? उनी जहाँ पुग्छन् । त्यहाँ कसै न कसैले उनलाई यो प्रश्न तेस्र्याएकै हुन्छ ।

अब भने उनले यो प्रश्नको सामना गर्नु नपर्ने भएको छ । कारण, उनले ‘पशुपति प्रसाद’झँै उत्कृष्ट फिल्म बनाउन सुरु गरेका छन् । केही पहिले राजधानीमा एक कार्यक्रमका बीच घोषणा भएको फिल्म ‘आमा’ ‘पशुपति प्रसाद’ भन्दा उत्कृष्ट फिल्म बन्ने दाबी उनले गरे ।

‘पशुपति प्रसाद’झैँ उत्कृष्ट फिल्म हामीले कहिले हेर्न पाउने । चारैतिरबाट आएको यो प्रश्नले म हैरान भइसकेको थिएँ’, निर्देशक दीपेन्द्रले भने ‘त्यसको जवाफ अब बन्ने ‘आमा’ फिल्मले दिन्छ ।’

यो प्रश्नलाई दीपेन्द्रले नराम्रो रूपमा पनि लिएको  भने रहेन छन् । ‘प्रश्न मैले अन्य पनि उत्कृष्ट फिल्म दिन सक्छ र दिन्छ भन्ने विश्वास भएका दर्शकको हो’, उनले थपे ।

‘आमा’ भारी शब्द

‘आमा’ नामबाट बन्ने फिल्म दीपेन्द्रको तेस्रो हो । यस अगाडि नेपालमा बनेको पहिलो फिल्मको नाम  ‘आमा’ राखिएको थियो । हीरासिंह खत्रीले वि.सं. २०२० मा यो फिल्म बनाएका थिए । त्यसपछि २०५१ रेसराज आचार्यले ‘आमा’ निर्माण गरेका थिए ।

‘आमा’ नामबाट आफूले बनाउन लागेको फिल्म तेस्रो भएको आफूलाई थाहा नभएको दीपेनन्द्रले बताए । ‘आमा बन्न लागेको यो तेस्रो पटक भन्ने मलाई थाहा थिएन । पहिलो बनेको थाहा थियो । बीचमा पनि बनेको रहेछ’, दीपेन्द्र भने ‘मैले पहिला बनिसकेको फिल्म र नाम भनेर आमा राखेको पक्कै पनि होइन । फिल्मको लेखन पनि मैले गरेको हो । जब मैले फिल्मको लेखन गर्दै गएँ । सकिने बेला फिल्मको नाम आमा हुनुपर्छ भन्ने लाग्यो’, शीर्षक जुरेको विषयमा उनले सुनाए ।

उनले फिल्मको कथामा आमाको जीवनकथा र आमाको भोगाइ समेटेका छन् । जुन चरित्रको मुख्य कथा हो । त्यही नाम उपयुक्त हुने ठानेर उनले फिल्मको नाम आमा राखेका हुन् । ‘आमा’ भन्ने एकदमै भारी शब्द हो । यो उनले बुझको पनि छन् । ‘त्यहीअनुसार फिल्म बनाउन आफू कटिबद्ध रहेको उनले बताए ।

प्रयोग धेरै छन्

दीपेन्द्रले सुरुमा बनेको ‘आमा’ हेरेको छन् । त्यसैले उनी आफूले हेरेको आमा र बनाउन लागेको आमामा कथा आकाश जमिनको फरक रहेको बताउँछन् । उनले यसरी बुझाए ‘समयअनुसार सबै कुरा परिवर्तन भइरहन्छ । पहिले बनेका फिल्ममा आमाका कुरा, दुःख एक प्रकारको थियो । अहिले बनाउन लागेको आमाको दुःख अर्कै छ ।’

उनले फिल्ममा अहिलेको आमाको कथा लिएका छन् । पहिले बनेको आमाको कथामा यसको विषय कहीँ कतै टच नहुने उनले खुलाए । शीर्षकअनुसार फिल्मको कथावस्तु र पटकथा पनि उनले एकदमै बलियो बनाएका छन् ।


पशुपति प्रसाद बनेको ४ वर्ष हुन लाग्यो । ४ वर्ष अगाडि र ४ वर्ष पछाडि निर्देशकमा पनि ग्रोथ हुनुपर्यो । त्यो बेलाको भन्दा अहिले अझै राम्रो चलचित्र बन्नुपर्छ उनको विचार हो । किनभने ४ वर्षमा पहिलेका कमीकमजोरी केलाएर । सो समय गर्न नसकेको कुरा अहिले उनी गर्न खोज्दैछन् । ‘आमा अझै बलियो चलचित्र बनाउँछु र बन्छ भन्नेमा म ढुक्क छु’, उनले सजिलै भने ।


आमा शब्दलाई बोकेर हिँड्न सक्ने क्षमता स्क्रिप्टमा भएको उनलाई लागेको छ । त्यसैले अहिले धेरै कुरा भन्ने वा खोल्ने पक्षमा उनी छैनन् किनभने फिल्म मेकरले आफ्नो फिल्म आउनु अगाडि धेरै कुरा भनिरहेका हुन्छन् र पछि फिल्म आएपछि बिर्सिसकेका हुन्छन् । उनी यो वर्गमा पर्न चाहँदैनन् । ‘म यो पटक फिल्म निर्माणमा पहिले धेरै कुरा भन्दिनँ किनभने यो फिल्ममा मैले प्रयोग गर्न खोजेको धेरै कुराहरु छन् । त्यो फिल्म आएपछि थाहा हुनेछ’, उनी गम्भीर हुँदै भने ‘अहिले भन्दा पत्यार नलाग्न सक्छ ।’

गौरव गर्ने फिल्म बनाउँछु

फिल्म बनाउने मात्र होइन । अरूको प्रायः सबै फिल्म पनि हेर्छन्, दीपेन्द्र समीक्षा पनि भ्याएसम्म सबै पढ्छन् । समीक्षकले नेपाली फिल्ममा यो भएन, त्यो भएन भनेको र हलमा दर्शकले फिल्मका बारेमा गरेको गुनासो सबै थाहा छ उनलाई ।

फिल्म ‘आमा’ सुनिदै आएका सबै गुनासो सम्बोधन गर्ने र दृश्य भाषा नै अलग मेकिङ गर्ने हिसाबले उनले बनाउन लागेका हुन् । सायद त्यसैले होला फिल्म पनि उनी आफैले खिच्दै छन् । आफ्नो फिल्ममा छायाकारको पनि जिम्मेवारी निर्वाह गर्न लागेको उनले यो पहिलो होइन । यस अगाडि ‘धनपति’ भन्ने फिल्ममा उनले छायाङ्कनको पाटो परीक्षण गरेका थिए । सो समय उनको छायाङ्कनको पनि तारिफ भएको थियो । ‘आफ्नै छायाङ्कन र निर्देशनमा ‘आमा’ भन्ने फिल्म क्षेत्र र देशले गौरव गर्ने फिल्म बनाउँछु ।

निर्देशक पोख्त हुनुपर्छ

आमा आफैले छायाङ्कन गर्न लाग्नुभएको छ । जोखिम मोले जस्तो लाग्दै ?

जोखिम लाग्दैन । विश्वका ठूला ठूला फिल्म निर्देशकले पनि आफै छायाकार भएर फिल्म बनाएका छन् । यस वर्ष अस्करमा पुगेको ‘रोमा’ भन्ने फिल्म पनि निर्देशक आफैले खिचेका थिए । त्यसको लेखक पनि उनी आफै थिएँ, दीपेन्द्रले उदाहरण दिए ‘विदेशमा छायाङ्कन पनि निर्देशक आफैले गरिरहेका हुन्छन् ।’ छायाङ्कन, लेखन र सम्पादन पनि निर्देशकले जान्नुपर्ने विधा रहेको उनको भनाइ रहेको छ । ‘कहिले काहीँ ओभर लोड हुन्छ भनेर गरिँदैन । निर्देशक यी सबै विधामा पोख्त हुनुपर्छ’, उनी फेरि बोले ।

उनले बनाएको सबै फिल्मले चर्चा बटुलेका छन् । त्योमध्ये पशुपति प्रसाद चारैतिरबाट चर्चा र प्रसंशा भएको फिल्म हो । अहिले बनाउन लागेको ‘आमा’ त्योभन्दा पनि माथि बनाउने उनको सोच रहेको छ ।


अहिले फिल्म व्यवसाय छैन । यसको दोष उनी कसैलाई दिँदैन । यसको पूर्ण दोषी फिल्मकर्मी देख्छन् उनी । ‘हामीले नै राम्रो फिल्म चलचित्र बनाउन नसकेको हो । यसलाई सबैले एक्सेफ्ट गर्नुपर्छ’, उनले थपे ‘हामीले कसरी राम्रो चलचित्र बनाउने, कसरी अध्ययनशील हुनेतिर हामीले ध्यान दिनुपर्छ ।’


पशुपति प्रसाद बनेको ४ वर्ष हुन लाग्यो । ४ वर्ष अगाडि र ४ वर्ष पछाडि निर्देशकमा पनि ग्रोथ हुनुपर्यो । त्यो बेलाको भन्दा अहिले अझै राम्रो चलचित्र बन्नुपर्छ उनको विचार हो । किनभने ४ वर्षमा पहिलेका कमीकमजोरी केलाएर । सो समय गर्न नसकेको कुरा अहिले उनी गर्न खोज्दैछन् । ‘आमा अझै बलियो चलचित्र बनाउँछु र बन्छ भन्नेमा म ढुक्क छु’, उनले सजिलै भने ।

बजारमुखी फिल्म गर्दिनँ

पशुपति पछि तुरुन्तै अर्काे त्यस्तो फिल्म नबनाएर दीपेन्द्र किन ग्याप रहे ? आम मानिसको प्रश्न हो यो । ‘पशुपति प्रसाद’ पछि ‘धनपति’ गरे । यो बीचमा एक दुईवटा व्यावसायिक फिल्म गरे’ उनी ती दिनमा फर्किए ‘बजार मुखी फिल्म गर्नुपर्छ । यसमा आफ्नो बाध्यता थियो ।’

दर्शकलाई मात्र होइन आफूलाई पनि राम्रो फिल्मको प्यास लाग्दो रहेछ ।  लागेको कुरा गर्न मन लाग्दो रहेछ’ उनी भन्दै थिए ‘यस पटक आमा ऐतिहासिक बनाउँछु । अब कर्मसियल भनेर बजारमुखी फिल्म कहिल्यै गर्दिनँ ।’

अरूको पछि लाग्ने धेरै

अहिले फिल्म व्यवसाय छैन । यसको दोष उनी कसैलाई दिँदैन । यसको पूर्ण दोषी फिल्मकर्मी देख्छन् उनी । ‘हामीले नै राम्रो फिल्म चलचित्र बनाउन नसकेको हो । यसलाई सबैले एक्सेफ्ट गर्नुपर्छ’, उनले थपे ‘हामीले कसरी राम्रो चलचित्र बनाउने, कसरी अध्ययनशील हुनेतिर हामीले ध्यान दिनुपर्छ ।’

अहिले चलचित्रकर्मीहरुलाई कमेडीको ह्याङ छ । यो उनले पनि झेलेकै विषय हो । सबैलाई ‘छक्का पन्जा’को जसरी एकै चोटि पैसा कमाउनु छ । त्यसैले अहिले धेरै फिल्म तथा त्यसका मेकर त्यसको पछाड दौडिरहेका छन् ।

यो गलत भएको उनी बताउँछन् । ‘यो प्रवृत्ति रोकिनुपर्छ । सबैको आआफ्नै विशेषता हुन्छन् । ‘छक्का पन्जा’को एक किसिमको होला । अर्काेको अर्कै हुन्छ’, उनले भने ‘आफ्नो जेमा दखल छ, सबैले त्यो काम गर्नु पर्यो ।’ अरूको नक्कल गरेर पछि लागे बिग्रने र आफ्नो विशेषताअनुसार अध्ययनशील र लगनशील भएर फिल्म बनाए चल्ने र त्यसले दर्शक पनि पाउने उनको तर्क छ ।

स्टारका फिल्म पछारिए

यो वर्ष चलेका र स्टार भनिएका कलाकारका फिल्म व्यावसायमा पछारिएका छन् । बलिउडको कुरा गर्ने हो भने त्यस्तै छ । तीन स्टार खानका फिल्म पनि नचलेको अवस्था छ । तर त्यहाँ सानो सानो बजेटमा बनेको फिल्म कन्टेन्टका कारणले राम्रो भएका छन् ।

दीपेन्द्र पनि स्टारभन्दा पनि कन्टेन्टको पछि लाग्ने निर्देशक हुन् । उनी अन्य निर्मातालाई पनि बलिउडबाट सिक्न सुझाउँछन् । ‘अहिले कथित स्टार साँच्चिकै स्टार भएका भए फ्यान फ्लोइङको आधारमा एक दुई दिन हल भरिनु पर्ने हो ? उनले भने ‘त्यसमा फिल्म पनि राम्रो भइदिए बिजनेस पनि धेरै गर्न सक्थ्यो ।’

किन फिल्म चलेन ? किन दर्शक आएनन् ? भन्ने विषय गम्भीर विषय हो ।  यसतर्फ कसैले ध्यान दिएको पाएका छैनन् । स्टार हुँदैमा र फिल्म बन्दैमा चल्दैन भन्ने सबैले बुझ्नु जरुरी रहेको उनी सुनाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप