बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु

बिहीबार, ०९ जेठ २०७६, ०९ : ४४
बिहीबार, ०९ जेठ २०७६

आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । बुधबार राति घरमा आगलागी हुँदा पुरचौडी नगरपालिका –५ कुवाकोटको पुरचौडी नजिकै बसपार्कमा टहरामा बस्दै आएका एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा  ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीयाश्रीमती बिन्द्रा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका छन् । 
 
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार राति १० बजेतिर आगो बाल्ने चुलो नजिकै सुतिरहेका उनीहरुको आगो सल्केर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप