विवेक ओबरोयलाई हत्या गरिदिने धम्की, पुलिसले सुरक्षा दियो
बलिउड नायक विवेक ओबरोयलाई नक्सलवादीले हत्या गरिदिने धम्की दिएको बताइएको छ । उक्त धम्कीपछि उनलाई मुम्बई पुलिसको तर्फबाट सुरक्षा प्रदान गरिएको छ । नक्सलवादीले विवेकलाई यो धम्की ‘पीएम नरेन्द्र मोदी’ फिल्मका लागि दिइएको बताइन्छ ।
पुलिसले सुरक्षा दियोः
विवेक ओबरोयका प्रवक्ताले यसबारे पुष्टि गरेका हुन् । उनका अनुसार अभिनेताको ज्यानको खतराको गोप्य जानकारी पाइएको थियो । एक पुलिस अधिकारीका अनुसार ओबरोयलाई बुधबार दुई नीजि सुरक्षा अधिकारी प्रदान गरिएको छ । ओबरोयको स्थानीय आवासबाहिर एक पुलिस वाहन पनि राखिएको उनले बताए ।
मिमको विषयमा विवादित छन् विवेकः
विवेक ओबरोय हालै आफ्नो एक विवादित ट्वीटका कारण चौतफी आलोचनाको शिकार भएका थिए । ऐश्वर्या राय बच्चामाथि विवादित मिमको विषयमा चर्चित छन् जसलाई उनले आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेका छन् । पछि उनले माफी मागेका थिए ।
उनी प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्ममा मुख्य भुमिका निभाइरहेका छन् । यो फिल्म चाँडै नै रिलिज हुने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह