केन्द्रीय संस्करण

मतगणनाअघि भारतको गृह मन्त्रालयद्वारा देशभरीका प्रदेशलाई उच्च सर्तकता अपनाउन आह्वान

person explore access_timeजेठ ९, २०७६ chat_bubble_outline0

विहिबार भारतीय लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुन लागेको छ । 

यस परिपेक्षमा त्यहाँको केन्द्रीय गृह मन्त्री राजनाथ सिंहले देशका सम्पूर्ण प्रदेश र युनियन टेरोटरीलाई सम्भावित हिस्साको लागि सतर्क गराएका छन् । 

एउटा विज्ञप्ती जारी गर्दै गृहमन्त्री सिंहले भारत भरीका प्रदेश र युनियन टेरोटरीलाई कानुन व्यवस्था, शान्ती र संयमता अपनाउन आह्वान गरेका छन् । 

“गृह मन्त्रीले प्रदेशका मुख्य सचिवहरु र प्रहरी डीजीलाई भोलि हुने मतगणनालाई लिएर देशको विभिन्न भागमा हिंसा भड्कने सम्भावनामा सतर्क गराएका छन् ,” वक्तव्यमा भनिएको छ । 

विज्ञप्तीमा अगाडि भनिएको छ , “देशका विभन्न क्षेत्रमा मत गणनाको दिन हिंसाको आह्वान गरिएको अवस्थामा सतर्कता अत्यावश्यक हुन आउँछ ।”

विशेष गरेर उत्तर प्रदेश, पश्चिम बंगाल, विहार र त्रिपुराका केही निर्वाचन क्षेत्रमा चुनावी समयमा आफू अनुकुल नआएका हिंसा हुने धम्कीपूर्ण भाषण गरिएका थिए ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...