अपडेट/ भारतीय लोकसभा चुनाव २०१९ परिणामः मोदी वा राहुल ?
भाजपा २५० सिटमा अगाडि
चुनाव आयोग अनुसार उत्तर प्रदेशमा भाजपा ४७ सिटमा अगाडि । बिएसपी १० मा र समाजवादी पार्टी पाँच सिटमा अगाडि
चुनाव आयोगका अनुसार भाजपा २०६ सिटमा अगाडि
भाजपाले २० हजार पार्टी कार्यकर्तालाई पार्टी मुख्यालय बोलायो
भाजपाले बिहिबार बेलुका आफ्ना २० हजार कार्यकर्तालाई दिल्लीस्थित पार्टी मुख्यालयमा बोलाएको छ । यो तयारी नरेन्द्र मोदीको स्वागतका लागि हो ।
विहान ९ बजेसम्म ६६ स्थानका मतगणनाको परिणाम प्रारम्भिक नतिजा बाहिरिएका छन् । यसमा सत्तारुढ भाजपाले धेरै सिटमा अग्रता लिइरहेको छ ।
बीबीसी हिन्दीले दिएको तथ्याकंमा यसबेलासम्म ६६ मध्ये ४० सिटमा भाजपा अग्रस्थानमा छ । त्यस्तै प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेस १८ स्थानमा आग्रता लिइको छ । त्यस्तै बाँकी ८ स्थानमा भने अन्य पार्टीले अघि देखिन्छन् ।
बिहान ८ः४४ सम्म पश्चिम बंगालमा टिएमसी अगाडि
बिहान साढे आठ बजेसम्मको नतिजा यस्तोः
दिल्लीस्थित कांग्रेस मुख्यालयमा पनि कार्यकर्ताले हवन गरिरहेको बीबीसी संवाददाता ज़ुबैर अहमदले बताएका छन् ।
दिल्लीस्थित भाजपा अफिसमा अहिलेदेखि नै उत्साह
भाजपा अफिसमा नतिजा अघि नै मिठाई र पकवान तयार पारिएको छ । कार्यकर्ताले यहाँ हवन पनि गरिरहेका छन् । नतिजा सार्वजनिक हुन थालेपछि पार्टीका ठूला नेता पनि पार्टी कार्यालय पुग्ने अनुमान गरिएको छ । (बीबीसी संवाददाता नितिन श्रीवास्तव भाजपाको कार्यालयबाट)
आज बिहिबार विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशको भावि सरकार कसले बनाउनेछ तय हुँदैछ । भारतका ९० करोड मतदातामध्य ६० करोडभन्दा बढीले चुनावमा सहभागीता जनाएका थिए । तिनले हालेको मत भोटिङ मेसिनमा सुरक्षित रहेकोमा आज परिणाम सार्वजनिक हुनेछ ।
यसपटकको चुनावी अभियान निकै कडा रह्यो । सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) पहिलो पार्टी बनेको थियो जसले तीन दशकपछि स्पष्ट बहुमत पाएको थियो । यसपटक पुनः बिजेपी सत्ता हाँसिल गर्ने कोसिस गरिरहेको छ ।
नयाँ दिल्ली लोकसभा सिटका कांग्रेस उम्मेद्वार अजय माकनले भोटको गन्ती सुरु हुनु अघि नै कांग्रेसको जीतको दाबी गरेका छन् । उनले ट्वीट गरेर भने, ‘चुनाव नतिजा निश्चित रुपमा कांग्रेसको पक्षमा हुनेछ । हामीलाई आशा छ कि कांग्रेसकै जित हुनेछ र यसैले सरकार बनाउनेछ । राहुल गान्धी प्रधानमन्त्री हुनेछन् । दिल्लीमा लडाईं कांग्रेस र भाजपाबीच छ ।’
Ajay Maken, Congress candidate from New Delhi LS seat, contesting against BJP MP Meenakashi Lekhi: The results will be definitely in favour of Congress. We're expecting that Congress will win &form govt. Rahul Gandhi will be the PM. The fight in Delhi is between BJP and Congress. pic.twitter.com/zhqUvqDIbH
— ANI (@ANI) May 23, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी