बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शान्तिका लागि भारतीय बक्सरद्वारा चिनिँया प्रतिद्वन्द्वीलाई बेल्ट फर्काउने प्रस्ताव

सोमबार, २३ साउन २०७४, ०८ : ०३
सोमबार, २३ साउन २०७४

मुम्बई – भारतीय बक्सर विजेन्द्र सिंहले आफूले पराजित गरेका चिनियाँ प्रतिद्वन्द्वीलाई शान्तिको सन्देश स्वरुप जितेको च्याम्पियनसीप बेल्ट फिर्ता गर्ने प्रस्ताव गरेका छन् । भारत र चीनबीच सीमा विवाद चर्किरहेको बेला उनले यस्तो प्रस्ताव गरेका हुन् ।

ओलम्पिक मेडलिस्ट समेत रहेका सिंहले जुल्पिकार माइमाइटियालीलाई शनिबार पराजित गर्दै डब्लुबिओ ओरिएन्टल सुपर मिडलवेल्ट बेल्ट जितेका थिए ।

उनले यो जीत भारत–चीन मित्रताप्रति समर्पित गर्दै आफूले बेल्ट फिर्ता दिन चाहेको बताए ।

गत जुनदेखि दुई देशबीच तनाव जारी रहेको छ ।

३१ वर्षीय सिंहको जीतलाई भारतमा निकै प्रशंशा गरिएको थियो । तर, उनको शान्तिको सन्देशलाई भने धेरैले बेवास्ता गरे ।
बाबा रामदेवले समेत ट्वीट गर्दै भने, ‘चिनियाँहरुले मुम्बाईमा हार बेहोरे, अब डोकलाम पनि त्यही हुनेछ ।’

सिंहले यस्तो अफर गरे पनि चिनियाँ समकक्षीले यो स्वीकार गर्छन् वा गर्दैनन् वा प्रतियोगिताका अधिकारीहरुले बेल्ट फिर्ता गर्ने स्वीकार गर्छन् वा गर्दैनन् भने हेर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप