अर्थमन्त्री र बेलायती मन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?
अर्थमन्त्री डा. युवराज खतिवडासँग बुधबार बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग मन्त्री बरोनबीच शिष्ट्राचार भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्र, राजनीति स्थिरतासँगै विकासको गति र आर्थिक समृद्धिका भावी रणनीतिका बारेमा छलफल भएको हो ।
भेटमा अर्थमन्त्री खतिवडाले मुलुकमा राजनीतिक स्थिरतासँगै वर्तमान सरकार आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताए । उनले हालै सम्पन्न लगानी सम्मेलनमा बेलायती सरकारको तर्फबाट सदासयता देखाएकोमा खशी व्यक्त गर्दै धन्यवाद दिए ।
बेलायती सरकार दिपक्ष्ािय दातृ निकायहरु मध्ये सबैभन्दा ठुलो दातृ निकाय भएकोमा धन्यावद दिर्दै आगामी दिनमा पनि सहायता निरन्तरता रहने, वैदेशिक सहायता नीति राष्ट्रिय आवश्यकता र प्राथमिकतामा आधारित हुने गरी सहज बनाउँने तर्फ सरकार सजग रहेको स्पष्ट पारे ।
भेटमा मन्त्री खतिवडाले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको भन्दै सरकारको ध्यान केन्द्रित भएको जानकारी दिए ।
भेटमा बेलायती मन्त्रीले दोहोरो कर प्रणाली मुक्ति सम्बन्धी सम्झौता निर्माणको चरणमा रहेको अवगत गराए । उनले नेपाल संघीयता कार्यान्वयनको चराणमा रहेको भन्दै बेलायती सरकार सहकार्य र सहयोग गर्ने प्रतिवद्ध व्यक्त गरे । नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार सहयोगका लागि सदैव तत्पर रहेको धारणा राखे ।
उनले प्रस्तावित वैदेशिक सहायता नीतिले गैरसरकारी संस्थालाई समेत समेट्ने विश्वास व्यक्त गरे । भेटमा बेलायती मन्त्रीले नेपालबाट समावेशीताको सिको विश्वले गर्नुपर्ने भन्दै सफल रुपमा सघीयता कार्यान्वयनको चरणनलाई खुलेरै प्रशंशा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै