रौतहटमा नेकपा कार्यकर्ताबीच नै असन्तुुष्टी, एक गाडी तोडफोड
रौतहटस्थित हाल नेपाल कम्युनिष्ट पार्टी तत्कालिन एमाले र माओवादी कार्यकर्ताबीच हालसम्म असन्तुष्टी कायमै रहेको देखिएको छ ।
विकासको बजेट सञ्चालन गर्ने विषयमा जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच झडप भएको छ । दोहरो झडपमा एकजना निर्वाचित वडा अध्यक्ष कुुटिएका छन भने कयौं घाइते भएका छन् ।
झडपको क्रममा नेकपाकै एक कार्यकर्ताको गाडीमा समेत तोडफोड भएको छ ।
प्रदेश सरकारले दिएको एक करोडको बजेटमध्ये २५ लाखको योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने बिषयमा विवाद हुुँदा फतुुआ विजयपुुर नगरपालिकास्थित नेकपाका कार्यकर्ताबीच मंगलवार साँझ दोहरो झडप भएको छ ।
झडपमा फतुुआ विजयपुर नगरपालिका – ४ का वडा अध्यक्ष ब्रह्म नारायण यादव कुटिएका हुन् ।
प्रदेश सरकारको ससर्त बजेट एक करोडमध्ये २५ लाख रुपैयाँमा सन्तपुरदेखि टेंग्राहासम्म बाटो निर्माण गर्न पूर्व एमालेका प्रदेश सांसद तथा पूर्वप्रतिनिधी दिपेन्द्र यादव र जनसंस्कृतिक मञ्चका अध्यक्ष विजय यादवबीच कुुरा नमिलेको कारण झडप भएको थियो ।
झडपको क्रममा वडा अध्यक्ष यादव, विजय यादव, सञ्जय महतोलगायत एक दर्जन नेकपाका कार्यकर्तालाई चोट लागेको ईलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।
झडपको क्रममा आक्रोशित समूहले ठेकदार नागेन्द्र साहको बा१७ च ६१६३ नम्बरको स्कारपियो पिकअप गाडीमा तोडफोड गरेको प्रहरी निरीक्षक एकवाल हवारीले बताए ।
समयमै सुरक्षा टोली घटनास्थल पुुगेको कारण ठूलो अप्रिय घटना हुनबाट जोगिएको हवारीको भनाई छ ।
वडाअध्यक्ष यादवका अनुसार नेपाली कांग्रेसका केही कार्यकर्ताहरुले नेकपाका कार्यकर्तासँग मिलेर सुुनियोजित तरिकाले घटना गरेको दावी गरेका छन ।
नेपाली कांग्रेसका एकजना क्षेत्रस्तरका नेताले नेकपाको कार्यकर्ताबीच भएको झडपमा अन्य दललाई समावेश गराई बदनाम मात्र गराउन गलत आरोप लगाइरहेको बताए ।
प्रदेश सरकारले फतुुआ बिजयपुर नगरपालिकामा पठाएको एक करोड रुपैयाँमध्ये ७५ लाख रुपैयाँको उपभोक्ता समिति प्रदेश सांसद नागेन्द्र यादवको सहमतिमा बनेर काम अगाडि बढेको छ ।
बाँकी २५ लाख रकमबाट हुने विकास निर्माणको उपभोक्ताको नेतृत्व उनका प्रतिनिधी दिपेन्द्र यादवले पाउनुुपर्ने थियो ।
तर त्यसो नभई दिपेन्द्रको सटा पूर्वमाओवादी निकट विजय यादवले नगरपालिकाबाट कार्यादेश लिएको थाहा भएपछि दिपेन्द्र पक्ष र विजय पक्षबीच एकदिन अघि नै तनाव भइसकेको थियो ।
नेकपाका जिल्ला अध्यक्ष कमल यादवले कार्यकर्ताको बल मिचाई रहेको बताए । नेकपा भित्र असन्तुुष्ट कार्यकर्तालाई वार्ताको माध्यमबाट सहमतिमा ल्याउने पहल भइरहेको अध्यक्ष यादवले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न