शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिस गोर्खाको समस्या समाधान गर्न सरकारले भूमिका खेल्नुपर्छ : कमल थापा

बुधबार, ०८ जेठ २०७६, १८ : ३२
बुधबार, ०८ जेठ २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले ब्रिटिस गोर्खाहरुले उठाएका जायज मागहरुप्रति राप्रपाको ऐक्यबद्धता र समर्थन रहेको बताएका छन् । 

आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै थापाले ब्रिटिस गोर्खाहरुले उठाएका माग सम्बोधन गराउने सम्बन्धमा सरकारसँग पहल गर्ने बताए । 

थापाले सरकारले यी बिषयलाई गम्भिरतापूर्वक लिई समस्या समाधानको निमित्त तत्काल अग्रसर हुनुपर्नेमा जोड दिए । 

ज्ञापनपत्र बुझाउन उपस्थित प्रतिनिधीमण्डलले अध्यक्ष कमल थापा उपप्रधान तथा परराष्ट्रमन्त्री भएको समयमा ब्रिटिस गोर्खाका माग सम्बन्धमा खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरेका थिए । 

सो अवसरमा राप्रपा महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले ब्रिटिस गोर्खाको विषयमा संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

ब्रिटिस गोर्खा संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले तत्कालीन समयमा देशको तर्फबाट अध्यक्ष थापाले खेलेको भूमिकाप्रती सम्पूर्ण गोर्खाहरु आभारी रहेको बताएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप