बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोबाइलको निहुँमा साथीको हत्या, चार पकाउ

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने श्रीमान्–श्रीमती समातिए
बुधबार, ०८ जेठ २०७६, १६ : ३४
बुधबार, ०८ जेठ २०७६

बुटवल– कपिलवस्तुको बाणगंगाका २७ वर्षीय चिरञ्जिबी आचार्यको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले हत्यामा संलग्नहरुलाई पक्राउपछि सार्वजनिक गरेको हो । हत्यामा आचार्यकै साथीहरु संलगन रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा ६ का ३३ वर्षीय रमेश बिक, २८ बर्षीय गोपाल खनाल, २४ बर्षीय बसन्त खत्री र २० वर्षीय राजु गुरुङ रहेका छन् । उनीहरुबीच गत आइतवार राती स्थानीय रेष्टुरेण्टमा मदिरा सेवन गरेपछि मोवाइल हराएको विषयमा विवाद भएको थियो । त्यसपछि आचार्यकै मोटरसाइकलमा जङ्गलमा लगेर हत्या गरी भागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले हत्या अरोपमा पक्राउ परेका ४ जनालाई बुधबार सार्वजनिक गरेको हो ।

त्यस्तै प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने बुटवलको एक होटलका २ जना सञ्चालकलाई समेत पक्राउ गरी सार्बजनिक गरेको छ ।

बुटवल–११ कालिकानगरमा राप्ती मेनुका होटल सञ्चालक टेक बहादुर कुवँर र उनकी श्रीमती मीना कुमारी बस्नेतले एक १५ वर्षीया नावालिकालाई होटलमा वेश्यावृत्तिमा लगाएकाले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप