शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आमा लागू औषध कारोबारी, छोराहरु सेवनकर्ता

बुधबार, ०८ जेठ २०७६, १६ : २३
बुधबार, ०८ जेठ २०७६

आफ्नो घरबाट लागू औषध कारोबार सञ्चालन गर्दै आइरहेकी एक महिला पक्राउ परेकी छिन् ।पक्राउ पर्नेमा काठमाडौँ वडा नम्बर १६ बस्ने ५० वर्षीया साबित्री श्रेष्ठ रहेकी छिन् ।

लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई नियन्त्रित मनोद्विपक लागू औषध डाईजेपाम ६७० एम्पुल, बुप्रेनोर्फिन ५६१ र फेनारगन ५६० एम्पुल गरी जम्मा १७११ एम्पुल र लागू औषध बिक्रि वितरण गरी संकलन गरिएको एक लाख ४१ हजार रुपैयाँ सहित प्रहरीले नयाँ बसपार्कबाट पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी वसन्त लामाले जानकारी दिए । 

प्रारम्भिक अनुसन्धानको क्रममा श्रेष्ठले विगत ६–७ वर्षदेखि नियन्त्रित लागू औषध भारतीय सीमा नाकाबाट मगाउने र आफ्नै घरबाट लागू औषध सेवन कर्ताहरुलाई बिक्रि वितरण गर्ने गरेको खुलेको एसएसपी लामाले बताए । 

श्रेष्ठका २ छोरा समेत लागू औषध सेवनकर्ता रहेको खुल्न आएको छ । उनका एक छोरा ३५ वर्षीय र अर्को छोरा २४ वर्षका रहेका छन् । आमाले कारोबार गर्न थाले पछि छोराहरुले लागू औषध सेवन सुरु गरेको प्रहरीको भनाई छ । उनीहरु पनि कारोबारमा संलग्न थिए ।

श्रेष्ठका श्रीमान् भने सरकारी जागिरे हुन् । उनी अलगै बस्दै आएका थिए ।

त्यसैगरी प्रहरीले लागूऔषध चरेससहित झापाका संजय दर्जी, मनोज दर्जी, धनकुटा घर भई हाल सुनसरीको इटहरी बस्दै आएका कुमार गुरुङलाई पनि पक्राउ गरेको छ । 

एसएसपी लामाले उनीहरुलाई १७ केजी चरेशसहित झापा जिल्लाको टोकला चिया बगानबाट पक्राउ गरिएको जानकारी दिएका हुन् । उनीहरुमाथि आवश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप