मुक्तिनाथ विकास बैंकद्वारा जेष्ठ नागरिकलाई कुर्सी हस्तान्तरण
पोखरा– मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोेखरा महानगरपालिका १०, रामबजारमा अवस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ । उक्त संस्थाका ९६ वर्षिय जेष्ठ नागरिक गौ बहादुर गुरुङको अध्यक्षतामा कुर्सी हस्तान्तरण भएको थियो ।
उक्त संस्थाको प्राङ्गणमा वितरीत कुर्सीबाट जेष्ठ नागरिकहरुलाई दैनिक रुपमा आरामदायी रुपमा बस्नको लागि थप सहयोग भएकोमा संस्थाका अध्यक्ष क्याप्टेन थमन थापाले बैँकप्रति धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा बैँकका क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको व्यवसाय बृद्धिसँगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा जेष्ठ नागरिकहरुको जेष्ठ नागरिकताको परिचय पत्र समेत पोखरा महानगरपालिकाको समन्वयमा वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते