शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आयोजक नेदरल्याण्डलाई युरो २०१७ को उपाधि

सोमबार, २३ साउन २०७४, ०७ : ३६
सोमबार, २३ साउन २०७४

नेदरल्याण्ड – आफ्नो घरेलु मैदानमा डेनमार्कलाई रोमाञ्चक खेलमा पराजित गर्दै नेदरल्याण्डले महिला युरो २०१७ को उपाधि जितेको छ । नेदरल्याण्डको महिला टोलीले अन्तर्राष्ट्रिय उपाधि जितेको यो पहिलो अवसर हो ।

खेलमा डेनमार्कले नाडिया नदिमको पेनाल्टीको मद्दतले अग्रता लिए पनि डच टोलीले आर्सनलकी भिभियन मेडेमाको गोलको मद्दतले खेल बराबरी गरेको थियो ।

त्यसपछि लाइकी मार्टिन्सले आयोजक टोलीलाई २० यार्ड टाढाबाट गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर, डेनमार्ककी पर्निल हार्डरले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याइन् ।

खेलको दोस्रो हाफमा डच कप्तान शेरिडा स्पीटसेले फ्रिककबाट गोल गर्दै टोलीलाई अग्रता दिाइन् भने मेडेमाले अर्को गोल थप्दै नेदरल्याण्डलाई ४–२ को जित दिलाइन् ।

आश्चर्यजनकरुपमा फाइनलमा पुगेको डेनमार्कले खेलको अन्त्यतिर खेलमा फर्कने प्रयास गरे पनि त्यो सफल हुन सकेन ।

नेदरल्याण्ड यसअघि कुनै पनि मुख्य प्रतियोगिताको फाइनलसम्म पुग्न सकेको थिएन । डच टोली पछिल्लो पटक सन् २००९ मा युरोपियन च्याम्पियनसीपको फाइनलसम्म पुगेको थियो । 
 
यो प्रतियोगितामा भने डच टोली अपराजित रहेको थियो । फाइनलअघि टोलीले पाँच खेलमा मात्र एक गोल खाएको थियो ।
यो प्रतियोगिता जित्ने नेदरल्याण्ड चौँथो टोली हो । यसअघि यो प्रतियोगितामा जर्मनीले २२ वर्ष अधिपत्य जमाएको थियो ।

प्रतियोगिताको गोल्डन बुट इंग्ल्याण्डकी जोडी टेलरले जितिन् । उनले प्रतियोगितामा पाँच गोल गर्न सफल भइन् । डच टोलीबाट बार्सिलोनाकी विंगर मार्टिन्स प्रतियोगिताकी उत्कृष्ट खेलाडी घोषित भइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप