बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुन चाँदी पसलको सटर फोड्दै गरेको अवस्थामा ७ जना पक्राउ

बुधबार, ०८ जेठ २०७६, १३ : ४७
बुधबार, ०८ जेठ २०७६

कागेश्‍वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटर फोड्दै गरेको अवस्थामा ७ जना पक्राउ परेका छन् । 

पसलको सटरको ताल्चा फोड्दै गरेका भारत मोतीहारी घोडा सहनी घर भई हाल काठमाडौँ कागेश्‍वरी मनोहरामा सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डु कुमार सहित ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । 

महानगरीय प्रहरी विट मुलपानीबाट खटिएको प्रहरी टोलीले  उनीहरुको साथबाट सुन जस्तो देखिने पहेँलो धातु अन्दजी २२ लाल, चाँदी जस्तो देखिने सेतो धातु २ केजी, सटर काट्न प्रयोग गर्ने सलाई रेन्च २
थान तथा करिब १ लाख ४९ हजार रुपैयाँ बराबरको चोरी गरेको धनमाल समेत बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध लगिएको   प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप