शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१० खेलाडीमा सिमित चेल्सीलाई हराउँदै आर्सनललाई कम्युनिटी सिल्डको उपाधि

सोमबार, २३ साउन २०७४, ०७ : २२
सोमबार, २३ साउन २०७४

लण्डन – अल्भारो मोराटाले पेनाल्टी गुमाउँदा आर्सनलले निकै रोमाञ्चक खेलमा चेल्सीलाई हराउँदै कम्युनिटी सिल्डको उपाधि हात पारेको छ ।


नयाँ नियम अन्तर्गत गराइएको पेनाल्टी सुटआउटमा चेल्सीका किर्तिमानी अनुबन्ध मोराटा र गोलकिपर थियाबट कोर्टवाले पेनाल्टी गुमाउन पुगेका थिए ।


यसअघि प्रिमियर लिग च्याम्पियनले खेलको दोस्रो हाफको शुरुवातमा भिक्टर मोजेजको गोलको मद्दतले खेलमा अग्रता लिएको थियो ।


तर, खेलको अन्त्यतिर पेड्रोले मोहमह एल्नेनीलाई फल हाने पछि रातो कार्ड खाँदै मैदान छाड्न परेको थियो । यहीँबाट खेलले अर्को मोड लिएको थियो ।


त्यही फलबाट पाएको फ्रिकिकलाई सिएड कोलासिनाकले गोलमा परिणत गरेपछि खेल बराबरी हुँदै पेनाल्टीतर्फ पुगेको थियो ।


एबिबिए फम्र्याट अन्तर्गत पहिलो पटक गरिएको पेनाल्टी सुटआउटमा चेल्सीले लगातार दुई पेनाल्टी मिस गरेपछि ओलिभर जिरुले गोल गर्दै आर्सनललाई ४–१ को जीत दिलाए ।


योसँगै पछिल्लो चार वर्षको कम्युनिटी सिल्ड एफएकप विजेताले जित्न सफल भएको छ । यसमध्ये तीनवटा आर्सनलको पोल्टामा गएको छ ।


चेल्सीले पछिल्ला चारवटा कम्युनिटी सिल्डको खेलमा पराजित भएको छ । चेल्सीले पछिल्लो पटक चेल्सीले सन् २००९ मा कम्युनिटी सिल्डको उपाधि जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप