शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पताल परिसरबाटै प्रहरीलाई छक्याएर भागे १६ वर्षे किशोर

बुधबार, ०८ जेठ २०७६, १२ : ४४
बुधबार, ०८ जेठ २०७६

बालिकालाई जर्बजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका एक किशोर मेडिकल चेक जाँच गर्न लैजाँदा अस्पतालबाटै फरार भएका छन । 

महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईले हिरासतमा रहेका १६ वर्षीय किशोर पदम श्रेष्ठलाई मंगलबार वीर अस्पताल चेकजाँच गर्न लैजाँदा अस्पतालबाट फरार भएको पुष्टि गरे । 

डीएसपी प्रसाईंका अनुसार जाँचका लागि वीर अस्पताल लगिएका उनी प्रहरीलाई छलेर भागेका हुन् । 

अनुसन्धानमा रहेका २ मध्ये श्रेष्ठ बुधबार राती साँढे १० बजे फरार भएको प्रहरीले जनाएको छ । 'दुर्व्यवहारमा पक्राउ परेका दुई मध्ये एक व्यक्ति फरार छन् । हामीले खोजी रहेका छौं,' डीएसपी प्रसाईंले भने ।

श्रेष्ठ महानगरीय प्रहरी बृत महाराजगन्जको थुनुवा कक्षमा थिए । फरार श्रेष्ठको खोजी भइरहेको डीएसपी प्रसाईंले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप