शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटक सेलिब्रिटी जिम ट्रेनरको गोली हानी हत्या

बुधबार, ०८ जेठ २०७६, १२ : ११
बुधबार, ०८ जेठ २०७६

मोबाइल भिडियो एप टिकटकमा सेलिब्रिटी बनिसकेका एक जिम ट्रेनरको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको छ । घटना मंगलबार बिहान सवा पाँच बजेको हो ।

मृतकको नाम मोहित मोर बताइएको छ । घटनाका बेला उनी आफ्ना एक साथीलाई भेट्न एउटा पसलमा गएका थिए । एक पुलिस अधिकारीलाई उद्धृत गर्दै इन्डिया टुडेले भनेको छ, ‘मोहित जब आफ्ना साथीसँग कुरा गरिरहेका थिए तब तीन बन्दुकधारी पसलमा छिरेर १३ पटक गोली हाने । मोहित पसलकै एक सोफामा ढले । उनलाई नजिकैको अस्पताल पुर्याइयो जहाँ डाक्टरले उनलाई मृत घोषणा गरे । उनलाई सातवटा गोली लागेको थियो ।’

पुलिसका अनुसार घटनामा संलग्न तीन हमलाकर्ताले कालो रङको हेलमेल लगाएका थिए । उनीहरु एउटा स्कुटीमा आएका थिए । सिसिटिभी फुटेजमा उनीहरु एउटा गल्लीबाट भागेको देखिएका छन् ।

एक पुलिस अधिकारीले भने, ‘हामी आरोपीलाई पहिचान गर्ने कोसिस गरिरहेका छौं । सुरुवाती अनुसन्धानमा यो आपसी द्वेष र पैसाको विवादको मुद्दा देखिन्छ ।’

मोहितको टिकटक र इन्स्टाग्राम अकाउन्टका साथै उनको कल डिटेल्सको पनि अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ । यसमार्फत्, सोसल मिडियामा उनको कसैसँग दुश्मनी त थिएन भनेर जान्ने कोसिस गरिँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप