बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पशुपति धर्मशाला सञ्चालनको जिम्मेवारी होटेल आनन्दले पायो, वार्षिक भाडा १ करोड ५४ लाख

बुधबार, ०८ जेठ २०७६, ११ : ३३
बुधबार, ०८ जेठ २०७६

काठमाडौं– पशुपति तिलगंगास्थित नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको जिम्मेवारी होटेल आनन्द म्यानेजमेन्टले पाएको छ । 

पशुपति क्षेत्रविकास कोषले आह्वान गरेको टेन्डरअनुसार होटेल आनन्द म्यानेजमेन्टले  १० वर्षको लागि सञ्चालनको जिम्मेवारी पाएको हो । जसबापट होटेल आनन्द म्यानेजमेन्टले  कोषलाई वार्षिक १ करोड ५४ लाख १ हजार ६१८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । 

१९ रोपनी क्षेत्रफल जग्गामा फैलिएको धर्मशालाका ८० कोठा रहेका छन् भने उक्त भवनका कोठाहरुसुविधा सम्पन्न होटेलकै स्तरको बनाएर राखी संचालन गर्न कम्तीमा ७ करोड लाग्ने संचालक ओस्कार बतासले बताए । 

बतासले धर्मशाला संचालन गर्दा हुने वार्षिक आम्दानीको कम्तिमा ५ प्रतिशत रकम सामाजिक सेवामा लगाइने बताए । 
यस्तै पशुपति क्षेत्र  कोषका सदस्यसचिव डा प्रदीप पौडेलले धर्मशालाले शुद्ध साकाहरी भोजन मात्र खुवाउनु पर्ने र मादक पदार्थ बिकि गर्न नपाउने अनिवार्यता शर्त राखिएको बताए । 

उक्त  धर्मशाला भवन संचालनबाट कम्तिमा १४४ जनाले रोजगारी पाउने छन् । यस्तै प्रति व्यक्ति कोठादर रु ३५० देखि बढीमा ३९९९ तय गरिएको छ।   

गत भदौमा  प्रधानमन्त्री केपी शर्मा ओली र भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्तरुपमा धर्मशालाको उद्घाटन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप