बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथाको उचाइ नाप्न गएको टोली भोलिसम्ममा काठमाडौं फर्कने

बुधबार, ०८ जेठ २०७६, ११ : १६
बुधबार, ०८ जेठ २०७६

काठमाडौँ– विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली बुधबार बिहान सगरमाथा शिखरमा पुगेको छ ।  

नापी विभागका उपसचिव खिमलाल गौतम नेतृत्वको टोली बुधबार बिहान ३ बजे सगरमाथा शिखरमा पुगेको विभागका निर्देशक दामोदर ढकालले बताए । गत चैत २८ गते गौतम नेतृत्वको चार सदस्यीय टोली सगरमाथाका लागि काठमाडौबाट हिडेको थयो । उक्त टोली काठमाडौबाट हिडेको ४० दिनका दिन सगरमाथा शिखर पुग्न सफल भएको हो ।  

टोली मंगलबार दिउँसो १ बजेर ४५ मिनेटमा सगरमाथाको सवैभन्दा नजिक रहेको ‘साउथ कोल’मा पुगेको थियो । त्यसपछि साउथकोलबाट हिँडेको टोली आज बिहान ३ बजे सगरमाथामा पुगेर करिव आधा घण्टा अव्जरभेसन सकेर पुन साउथ कोलामा फर्केको छ । ‘अव्जरभेसन गरेर टोली पुन साउथकोलामा फर्केको छ । भोली बिहीबारसम्म उक्त टोली काठमाडौ आइपुग्छ’ निर्देशक ढकालले रातोपाटीलाई बताए । 
ढकालका अनुसार बिभागको टोलीले सगरमाथाको चुचुरोमा पुगेर जिएनएनएस जिपिएस सेट गर्ने काम सकेको हो ।

शिखरमा जिपिएस सेट गरेसँगै अन्य विभिन्न स्थानमा राखिएको नियन्त्रण विन्दुहरुसँगको सम्बन्ध (कनेक्सन) कायम गरिएको बताइएको छ । यो टोली बाहेक अन्य तीन टोली पनि सगरमाथाको उचाइ नाप्न खटिएका छन् । विभागका निर्देशक ढकालका अनुसार चारवटै टोलीले आफ्नो काम सकेपछि करिव ५,६ महिनापछिमात्रै उचाई पत्ता लाग्दछ ।  

शिखरमा पुग्ने बित्तिकै उचाइ पत्ता नलाग्ने नापी विभागले जनाएको छ । अब जिपिएसमा सेट भएका तथ्यांकहरुको आधारमा संसारका दर्जनौं वैज्ञानिकहरुले यसलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गर्नेछन् तयसपछिमात्रै उचाइ टुंगो लागेको पुष्टि हुने विभागले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप