शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनताको रगतद्वारा प्राप्त अधिकारहरु केपी सरकारले एकपछि अर्को गर्दै हडप्दै छः विप्लव

बुधबार, ०८ जेठ २०७६, ०८ : ०८
बुधबार, ०८ जेठ २०७६

विप्लव नेतृत्वको नेकपाले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि विद्येयकलाई लिएर पार्टीको धारण प्रस्तुत गरेको छ । 

मंगलबार एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपाले नेपालका सबैखाले परिवर्तनकारी आन्दोलनमा प्रेसको महत्वपूर्ण योगदान रहँदै आएको बताएको छ । 

जनताको रगत र पसिना र रगतद्वारा प्राप्त सीमित अधिकारहरु पनि अहिलेको केपी सरकारले एकपछि अर्को गर्दै हडप्दै गएको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा सरकारले गरेका गलत काम, भ्रष्टाचार, कालाबजारी, जग्गा दलाली, जनतन्त्र र राष्ट्रघातका विरुद्ध पत्रिकाहरुले लेखेकाले सञ्चार माध्यमहरुलाई नियन्त्रण गर्न खोजेको उल्लेख गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप