हुती विद्रोहीद्वारा साउदी विमानस्थलमा ड्रोन हमला
यमनको इरान समर्थित हुती विद्रोहीले साउदी अरबको एक विमानस्थल र सैनिक अड्डामा बम राखिएको ड्रोनमार्फत् हमला गरेका छन् । अहिलेसम्म कुनै जनधनको क्षतीको खबर भने प्रकाशित छैन ।
साउदी अबरको शहर नजरानमा यो हमला यस्तो अवस्थामा भएको हो जब इरानले युरेनियम सम्बद्र्धनको क्षमता बढाउने घोषणा गरेको छ ।
ड्रोन हमलाबारे हुतीको अल मसिराह स्याटलाइट न्यूज च्यानलले बताए अनुसार हुती विद्रोहीले कासेफ–२ को ड्रोनबाट नजरानमा एक एयरपोर्टलाई निशाना बनाएर हमला गरेको हो । नजरान रियादबाट ८४० किलोमिटर टाढा छ । यो साउदी अरब–यमनको सीमा नजिकै छ ।
हुती विद्रोहीले आजकाल यो शहरलाई निशाना बनाउँदै आएको छ । यसअघि साउदी सरकारी एजेन्सीले कर्नल तुर्क अल–मलिकीलाई उद्धृत गर्दै हुती विद्रोहीदले नजरानमा सिभिल साइटलाई लक्ष्य बनाउने कोसिस गरेको थियो । यद्यपी, उनले यसबारे विस्तृत जानकारी भने दिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा