मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तहगतरूपमा कर्मचारी माग गर्ने बाटो खुला

बुधबार, ०८ जेठ २०७६, ०६ : ५१
बुधबार, ०८ जेठ २०७६

लोकसेवा आयोगले स्थानीय तहका लागि तहगतरूपमा कर्मचारी माग गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव पारित गरेसँगै तहगतरूपमा पनि कर्मचारी माग गर्ने बाटो खुलेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् । 

यसअघि श्रेणीगतरूपमा कर्मचारी मागिएको थियो । स्थानीय तह र प्रदेशमा कर्मचारीका लागि तहगत व्यवस्था गरिएअनुरूप अब तहगत रूपमा कर्मचारी माग गर्न लागिएको हो। संघीय सरकारमा भने श्रेणीगत व्यवस्था कायम गरिएको छ ।

मन्त्रिपरिषद्ले पारित गरेसँगै आयोगले नयाँ कर्मचारी भर्नाका लागि एक दुई दिनमै विज्ञापन आह्वान गर्नेछ । अब आयोगले अधिकृतस्तरको पदमा १ हजार र नायब सुब्बास्तरमा ३ हजार पदमा नयाँ विज्ञापन गर्नेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि कर्मचारी माग गर्न आयोगलाई पत्राचार गरेको थियो। त्यसपछि स्थानीय तहका लागि कर्मचारीको विज्ञापन गर्ने सम्बन्धमा तह र श्रेणीका बीचमा देखिएको अन्योल, तहगत परीक्षाका लागि आवश्यक योग्यता, बढुवाको क्षेत्र, कार्य्विधि, बढुवा उम्मेदवारजस्ता विषयमा नीतिगत निर्णय हुनुपर्ने विषयमा आयोगले सरकारसँग स्पष्टता खोजेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप